५.२६ प्रतिशत नगद लाभांश दिने घोषणासहित कोष व्यवस्थापन कम्पनीको साधारणसभा सम्पन्न

काठमाडौं । कोष व्यवस्थापन कम्पनीले १२ वर्षपछि वार्षिक साधरणसभा सम्पन्न गरेको छ । शनिवार सम्पन्न साधारणसभाले शेयर धनीहरूलाई चुक्ता पुँजीको५.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पास गरेको छ ।

आर्थिक वर्ष २०६४/०६५ देखि  २०७६/७७  सम्मका आर्थिक विवरण तयार पारेर कम्पनीले एकै पटक १२ वर्षको साधारणसभा गरेको हो । कोष व्यवस्थापन कम्पनीमा अधिकांश शेयर हिस्सा कृषि विकास बैंकको रहेको छ ।

कम्पनीका संचालक समितिका अध्यक्ष दिघ बहादुर अर्यालको अध्यक्षतामा सम्पन्न भएको हो । कोभिड महामारीका कारणले जुमका माध्यबाट तथा प्रत्यक्ष रुपमा शेयरधनीहरुकोे उपस्थिति रहेको उक्त साधारणसभामा विभिन्न निकाय÷संघ÷संस्थाका प्रतिनिधि, कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उापध्याय, कम्पनीका लेखा परिक्षकको उपस्थिति रहेको कृषि विकास बैंकका प्रवक्ता हिमलाल पौडेलले बताए ।

साथै कम्पनीको  संचालक समितिमा  एक जना संचालक सदस्य निर्वाचन प्रणाली मार्फत निर्वाचित गराउनु पर्ने कार्यक्रम रहेकोमा एक जनाको मात्र मनोनयन परेकोले दिल बस्नेत निर्विरोध निर्वाचित भएको घोषण प्रमुख निर्वाचन अधिकृत विर्ख बहादुर रावलले गर्नु भएको थियो । साधरणसभाको संचालन कम्पनीका कम्पनी सचिव व्यास कुमार शर्मा र कम्पनीका महाप्रबन्धक नारायण प्रसाद आचार्यले संयुक्त रुपमा गरेका थिए

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स