बैंक तथा वित्तीय संस्थाको नाफा बढेर सवा ३१ अर्ब पुग्यो, एनआईसीले ५ महिनामै कमायो २ अर्ब (सूचीसहित)

काठमाडौं । चालू आर्थिक बर्षको पहिलो ५ महिनामा बैंक तथा वित्तीय संस्थाहरूले ३१ अर्ब २९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । बैंक तथा वित्तीय संस्थाहरूले गरेको नाफा अघिल्लो महिना कार्तिकमा २६ अर्ब १७ करोड रुपैयाँ आर्जन गरेका थिए ।

बैंक तथा वित्तीय संस्थाले गरेको नाफामध्ये २७ वटा वाणिज्य बैंकहरूले मात्रै २८ अर्ब २० करोड ५८ लाख रुपैयाँ हिस्सा गरेको छ । कार्तिक महिनासम्म वाणिज्य बैंकहरूले २३ अर्ब ५२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका थिए
त्यसरी नै विकास बैंकले मंसिर महिनासम्म २ अर्ब ५४ करोड रुपैयाँ नाफा आर्जन गरेका छन् । सो नाफा गत महिना कार्तिकको भन्दा ३४ करोड रुपैयाँले बढी हो ।

फाइनान्स कम्पनीहरूले मंसिर महिनामा नाफा बढाएका छन् । फाइनान्स कम्पनीहरूले ७ करोड रुपैयाँले नाफा बढाएर ५५ करोड रुपैयाँ पुर्याएका छन् ।

जसमा एनआईसी एसियाले सबै भन्दा बढी मुनाफा आर्जन गरेको छ भने सबैभन्दा कम सेन्चुरी कमर्शियल बैंकले आर्जन गरेको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

चालू आर्थिक बर्षको पहिलो ५ महिना अर्थात मङ्सिर मसान्तसम्म ११ वटा कमर्शियल बैंकले अर्ब माथि खुद मुनाफा आर्जन गरेका छन् भने अन्य बैंकको नाफा अर्बभन्दा कम रहेको छ । यसरी अर्ब माथि खुद मुनाफा आर्जन गर्ने बैंकहरुमा एनआईसी एसिया, ग्लोबल आइएमई, नबिल, राष्ट्रिय बाणिज्य, प्राइम कमर्शियल, प्रभु, एनएमबि, सिद्दार्थ, नेपाल इन्भेष्टमेन्ट, मेगा र नेपाल बैंक रहेका छन्।

पहिलो ५ महिनामा अर्बभन्दा बढी कमाउने ११ बैंक

नाफा कमाउनेमा एनआईसी सबैभन्दा अगाडि

चालु आर्थिक वर्षको मंसिरसम्म २७ वटा वाणिज्य बैंकहरूमध्ये एनआईसी एशिया बैंकले सबैभन्दा बढी कमाएको छ । एनआईसी एसियाले चालू आर्थिक बर्षको पहिलो ५ महिनामा २ अर्ब रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । दोस्रो बढी कमाउने बैंकमा ग्लोबल आईएमई बैंक परेको छ । बैंकले यो अवधिमा १ अर्ब ९६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

त्यसरी नै बढी नाफा कमाउने बैंकको तेस्रो स्थानमा नबिल बैंक रहेको छ । बैंकले मंसिरसम्म १ अर्ब ८९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।

सबैभन्दा कम खुद मुनाफा आर्जन गरेको सेन्चुरी कमर्शियल बैंक रहेको छ । बैंकले ४० करोड २५ लाख आर्जन गरेको छ । सिभिल बैंकले ४१ करोड ११ लाख कमाएको छ । त्यसरी थोरै कमाउने बैंकको तेस्रो नम्बरमा बैंक अफ काठमाण्डू रहेको छ । बैंकले मंसिर महिनासम्म ४८ करोड ५९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स