कर्पोरेट हाउसदेखि बैंक तथा बीमा कम्पनीहरूमा छिर्यो कोरोना, अधिकांश कर्मचारी संक्रमित, सेवा नै प्रभावित

काठमाडौं । कारोनाको तेस्रो लहरका कारण कर्पोरेट हाउसदेखि बैंक तथा बीमा क्षेत्र आक्रान्त बनेको छ । अंग्रेजी नयाँ वर्षयता कर्पोरेट, बैंक तथा बीमा कम्पनीका कर्मचारीमा अत्यधिक कारोनाको संक्रमण बढेको हो । निजी कम्पनीमात्र होइन राष्ट्र बैंकका कर्मचारी पनि कारोनाका कारण थलिएका छन् । आजै मात्रै सर्वोच्च अदालका ३१ जना कर्मचारीमा एकै पटक कारोना देखिएको छ । हरेक सार्वजनिक संस्थानदेखि सरकारी कार्यालय तथा मन्त्रालयका कर्मचारीलाई पनि कारोनाले आक्रान्त पारेको छ ।

बैंक तथा बीमा कम्पनीदेखि कर्पोरेट हाउसम्मका करिब एक तिहाइ कर्मचारी कोराना संक्रमण भएको स्वयम कम्पनीहरूले बताएका छन् । अहिले धेरै कर्मचारी आइसोलेसनमा छन् । नेपाल लाइफ, प्रभु लाइफ, सिटिजन्स लाइफ, नेशनल लाइफलगायतका अधिकांश जीवन बीमा कम्पनी र प्राय सबै निर्जीवन कम्पनीका कर्मचारी कोरानाका कारण कार्यालयमा उपस्थित हुन सकेका छैनन् ।

कर्पोरेट हाउसतिर पनि उस्तै छ । कर्पोरेट हाउसमा प्राय सबै नै कारोनका कारण थलिएका छन् । कार्यालयमा कर्मचारी उपस्थित हुन नसक्दा दैनिक गर्नुपर्ने कामकारवाहीमा अप्ठ्यारो परेको छ ।

अहिले बैंक तथा वित्तीय संस्थाहरूमा पनि कोभिड–१९ संक्रमण बढ्न थालेपछि बैंकिङ सेवा प्रभावित भएको हो । अहिले धेरै बैंकहरुले आफ्ना कर्मचारीलाई सुरक्षित रहनु भनेर परिपत्र गरिसकेको छ ।

नबिल बैंकले कोरोना बढेको भन्दै विभिन्न शाखाहरु बन्द गर्ने निर्णय गरिसकेको छ । बैंकले न्यूरोड, पुल्चोक, कुमारीपाटी, कमलविनायक, गठ्ठाघर, भैंसेपाटी, दरबारमार्ग, नयाँबानेश्वर, महाराजगञ्ज, ठमेलको शाखा आज बन्द हुने जनाएको छ । बाँकी शाखाहारु १० बजेदेखि ३ बजेसम्म मात्र खुल्ने बैंकले सूचनामा उल्लेख गरेको छ । यसले बैंकले दिने सेवा नै प्रभावित भएको छ ।

राष्ट्र बैंकका १ सयभन्दा बढी कर्मचारीमा कोरोना संक्रमण भएको छ । नेपला लाइफ पनि धेरै जना कर्मचारी संक्रमित बनिसकेका छन् भने प्रभु लाइफको पूर्व घुमेर आएको टोलीमध्ये अधिकाशंका कोरोना देखिएको छ । बैंकहरूमा पनि अधिकांश बैंकका एक तिहाइ कर्मचारी त्यसको जोखिममा परेका छन् ।

कर्पोरेट हाउसहरूले बाहिरका आगन्तुकलाई भेट्न छाडिसकेका छन् । बैंकको पनि टेलर बाहेक अन्यमा शाखामा इन्ट्रीमा त्यति सहज छैन । सिडीएससी सेयर नामसारी गर्न नै नसक्ने अवस्थामा पुगेको छ । मन्त्रालयहरूमा मन्त्रीदेखि सचिव तथा अन्य कर्मचारीहरू संक्रमणको जोखिममा परेका छन् ।

कोरोनाका कारण थला परेको पर्यटन व्यवसाय पछिल्लो समय केहि सुधार भएपनि कोरोनाको तेस्रो लहर फैलिएपछि भएका बुकिङहरू रद्द गर्न थालेका छन् । टेकिङ तथा ट्राभलका लागि युरोप, अमेरिका तथा भारतका विदेशी पर्यटकहरु धेरै आउने गरेका थिए । विदेशी आउने मुख्य सिजन मार्च रअप्रिलका लागि बुकिङ भएका होटलहरु अहिले देखि नै बुकिङ रद्द हुन थालेका छन् । केहीले बुकिङ पोस्पोन्ड गरेका छन् ।

बढ्दो कोरोना संक्रमणलाई ध्यानमा राखेर काठमाडौं जिल्ला प्रशासन कार्यालयले आज मंगलबार २७ बुँदे निर्देशन जारी गरेको छ । अत्यावश्यक काम परेमा पनि २५ जनाभन्दा बढी भेला हुन नपाउने भन्दै आदेश जारी गरेको हो ।

सातामा थपिए ३८ हजारभन्दा कोरोना संक्रमित

पछिल्लो एक हप्तामा नेपालमा ३८ हजारभन्दा बढी कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो एक हप्तामा ३८ हजार ३०४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएका हुन् । सबैभन्दा बढी आज १० हजार २५८ जना नयाँ सङ्क्रमति थपिएका हुन् । दैनिक सङ्क्रमित बढिरहेका छन् । नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएसँगै दैनिक सङ्क्रमित हुनेको संख्या पनि बढिरहेको छ ।

पछिल्लो एक हप्ताको तथ्यांकअनुसार पुस २८ गते तीन हजार ७५, पुस २९ गते तीन हजार ५५३, पुस ३० गते पाँच हजार ८७, माघ १ गते चार हजार ६३६, माघ २ गते चार हजार ९६१, माघ ३ गते छ हजार ७३४ सङ्क्रमण थपिएका हुन् ।

यस एकहप्ताको बीचमा सक्रिय सङ्क्रमित हुने सङ्ख्या पनि बढेको छ । पुुुस २८ गते ११ हजार ६९० सक्रिय सङ्क्रमित रहेकोमा यो संख्या बढेर आज ३९ हजार ४४ पुगेको छ । पुस २८ गते कूल परीक्षण गराएकामध्ये २३.६ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको थियो भने आज ४४।९ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स