कृषि विकास बैंकको ५५ औ वार्षिकोत्सवको अवसरमा छुटैछुट

काठमाडौं । कृषि विकास बैंकले आफ्नो ५५ औं वार्षिकोत्सवको अवसरमा ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने भएको छ । बैंकले ग्राहकलाई मोबाइल बैंकिङ, कार्ड, लकर सेवा, डिम्याट रजिष्ट्रेशन सेवामा लाग्ने शुल्कमा छुट प्रदान गर्ने भएको हो ।

बैंकले वार्षिकोत्सवको अवसरमा माघ ७ गते देखि फागुन ७ गतेसम्म नयाँ तथा पुराना ग्राहकलाई मोबाइल बैंकिङ, ईन्टरनेट बैंकिङ्ग, भिसा डेविट कार्ड, डिम्याट, सि–आश्वा, मेरो शेयर र लकर सेवा लिनेलाई सेवा शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय बैंकले गरेको छ ।

यसका साथै चेतनशील नारी बचत खाता भएका वा खोल्ने ग्राहकहरुलाई लकर सेवामा ७५ प्रतिशतसम्म छुट दिने बैंकले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स