मानुषी लघुवित्तको आईपीओ आजदेखि खुला, १ हजार कित्तासम्म आवेदन दिन पाउने

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाले आज बुधबारदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्काशन खुला गरेको छ । लघुवित्तले जारी गरेको पुँजीको ३६ प्रतिशतले हुन आउने ३ करोड ९३ लाख ७५ रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता सेयर निष्काशनमा ल्याएको हो ।

सो सेयरमध्ये ०.५ प्रतिशत अर्थात ५ हजार ४६९ कित्ता सेयर कर्मचारीहरूलाई हो भने ५ प्रतिशत अर्थात १९ हजार ६८८ कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षण गरी बाँकी ३ लाख ६८ हजार ५९३ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सकिने देखिएको छ ।

लघुवित्तको आईपीओमा साउन २७ गते देखि ३१ गतेसम्ममा आवेदन दिन सकिनेछ । त्यस अवधिसम्ममा माग अनुसार आवेदन नपरे भदौ ९ गतेसम्म म्याद थप हुनेछ।

लघुवित्तको आईपीओमा प्रतिशेयर १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि त्यसभन्दा बढीको लागि १० अंकले भाग जाने संख्यामा अधिकतम एक हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।

नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सि–आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरो सेयरको वेब तथा एप मार्फत पनि कम्पनीको आईपीओमा आवेदन दिन सकिनेछ ।

लघुवित्तको अधिकृत पुँजी एक २० करोड रुपैयाँ, जारी पुँजी १० करोड रुपैयाँ र चुक्ता पूँजी ७ करोड रुपैयाँ रहेको छ ।
लघुवित्तको आईपीओलाई केयर रेटिङ नेपालले ‘केयरएनपी सिंगल बी प्लस इस्यूअर रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङले समयमा वित्तीय दायित्व पूरा गर्न क्षमतामा उच्च जोखिम रहने जनाउँदछ ।

लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ भने प्रत्याभूतकर्ता ग्लोवल आईएमई क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स