कामना सेवा विकास बैंकको नाफा साढे ५ करोडले घट्यो

काठमाडौं । कामना सेवा विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ३४ करोड ३६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार ३४ करोड ३६ लाख रुपैयाँ नाफा कमाएको हो ।

गत वर्षको सोही अवधिको तुलनामा बैंकको नाफा घटेको छ । गत आवको दोस्रो त्रैमासमा बैंकले ३९ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो । बैंकको नाफा ४ करोड ६४ लाख रुपैयाँले घटेको छ ।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेपनि गैर सञ्चालन आम्दानी नभएका कारण बैंकको खुद नाफा घट्न पुगेको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३१.६६ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ४१.५१ प्रतिशत बढेको छ । सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा ९ करोड ६७ लाख रुपैयाँ रहेको छ ।

खुद नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि घटेको छ । बैंकको प्रति सेयर आम्दानी ७.५४ रुपैयाँले घटेको छ । गत आवको दोस्रो त्रैमासमा बैंकको प्रतिसेयर आम्दानी २९.४२ रुपैयाँ रहेको थियो भने चालु आवमा २१.८७ रुपैयाँ पुगेको छ । समीक्षा अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २५.७४ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १३३.२ रुपैयाँ छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स