चौधरी ग्रूपलाई सेयर नबेच्ने आदेशका विरुद्ध एनबी बैंक र आईएफआईसीले दर्ता गरे ‘भ्याकेट’

काठमाडौं । चौधरी ग्रूपलाई सेयर नबेच्नु भन्ने आदेशको खारेजीको माग गर्दै नेपाल बंगलादेश बैंक र आईएफआईसीले काठमाडौं जिल्ला अदालतमा ‘भ्याकेट’ दर्ता गराएको छ । दुगढ ग्रूपको आइएफआईसीको सेयर चौधरी ग्रूपलाई खरिद गर्न नदिनको लागि अदालतमा मुद्दा हालेको थियो ।

सो मुद्दाको सुनुवाई गर्दै काठमाडौं जिल्ला अदालतका न्यायधीश रामचन्द्र पौडेलको एकल इजालशले सेयर बिक्री गर्ने कार्य नगर्नु/नगराउनु भन्ने आदेश दिएका थिए ।

सनराइज बैंकका अध्यक्ष मोतिलाल दुगड एनबी बैंकको सेयरधनी नभएको, आईएफआइसीले दुगड र उनको समूहसँग सेयर बिक्री गर्ने कुनै सम्झौता वा सहमति गरेको छैन । सो कारण सो आदेश खारेज हुुनुपर्छ भन्ने माग सहित एनबी बैंकले आज आइतबार भ्याकेट हालेको हो ।

गत बिहीबार नेपाल बंगलादेश बैंक नबिल बैंकसँग गाभिने सम्झौतापत्रमा हस्ताक्षर भएको छ । नविल बैंकको सबैभन्दा ठूलो सेयरधनी नेपालको प्रतिष्ठत व्यापारिक घराना चौधरी ग्रप हो । चौधरी ग्रूपका अध्यक्ष विनोद चौधरीकी श्रीमती सुगारिका चौधरीका नाममा आईएफआईसीको सेयर खरिद गर्ने तयारी गरिएको छ ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स