एनआईसी एशिया बैंक र वर्ल्ड रेमिटबीच सम्झौता, मलेसियाबाट नेपालको जुनसुकै बैंकमा तुरुन्त रकम पठाउन सकिने

काठमाडौं । एनआईसी एशिया बैंक र वर्ल्ड रेमिटबीच मलेसियाबाट नेपालमा जुनसुकै बैंक खातामा तुरुन्त रकम पठाउन सकिने सम्झौता भएको छ ।

जसमा मलेसियामा बस्दै आएका नेपालीले बिना झन्झट वल्र्डरेमिटको एप तथा वेबसाइटको प्रयोग गरी नेपालका कुनै पनि बैंक खातामा अनलाइनमार्फत तुरुन्त रकम पठाउन सक्नेछन् ।

विदेशबाट आफुले इच्छाएको व्यक्तिको नाममा रेमिट्यान्स पठाई देशभर छरिएर रहेका यस बैंकका १२ हजारभन्दा बढी रेमिट्यान्स एजेन्टहरूमार्फत सहज रुपमा नगद लिन सकिने व्यवस्था समेत रहेको बैंकले जनाएको छ ।

वर्ल्डरेमिट एपका अलावा यसको वेबसाइटमा लगइन गरी आवश्यक विवरण भरेर सजिलै नेपालमा आफ्नो वा आफन्तहरूको खातामा रकम पठाउन सकिनेछ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स