हिमालयन र नेपाल इन्भेष्टमेण्ट बैंकको मर्जर भाँडियो, सेयरधनी मारमा

काठमाडौं । हिमालयन र नेपाल इन्भेष्टमेण्ट बैंकको मर्जर भाँडिएसँगै सेयर लगानीकर्ताहरु मर्कामा पर्ने भएको छ । हिमालयन र नेपाल इन्भेष्टमेण्ट बैंकबीच २०७८ बैशाखमा मर्जर सम्बन्धी सौद्धान्तिक सहमति भएसँगै दुई बैंकको सेयर करोबार रोक्का भइरहेको छ ।

बजार बुलिस ट्रेन्डमा जाँदा पनि यी दुई बैंकका सेयर लगानीकर्ताले त्यसको लाभ उठाउन पाएका थिएन् । अब मर्जर भाँडिएसँगै यी दुई बैंक नेपाल राष्ट्र बैंकको कारबाहीमा पनि पर्ने भएको छ ।

राष्ट्र बैंकको कानूनी व्यवस्था अनुसार आज साधारणसभाले पारित गरेको लाभांश हिमालयन बैंकका सेयरधनीले अब पाउने छैनन् ।

यसबाहेक हिमालयन बैंकले थप शाखा खोन पाउने छैन । यसको अर्थ हिमालयन बैंकले पुनरकर्जा,एसएलएफ लगायतका मौद्रिक उपकरणहरु प्रयोग गर्न पाउने छैन ।

गत बैशाखदेखि रोक्का रहेको हिमालयन बैंकको सेयर दोस्रो बजारमा तत्काल खुल्ला हुने छैन ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स