नेपाल बंगलादेश बैंकको सेयर नेप्सेमा कारोबार नहुने

काठमाडौं ।  नेपाल बंगलादेश बैंकको सेयर नेप्सेमा कारोबार नहुने भएको छ । नबिल बैंकले नेपाल बंगलादेश (एनबी) बैंकलाई १०० बराबर ४३ को अनुपातमा एक्वायर गर्ने भएसँगै अबदेखि एनबीको कारोबार नहुने भएको हो ।

नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई प्राप्ति (एक्वजिशन) गर्न पुस २९ गते समझदारी पत्रमा हस्ताक्षर गरेसँगै नेप्सेले नबीबीको सेयर रोक्का गरेको हो ।

बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धि विनियमावली २०७३ को विनियम ६ (१) बमोजिम नेपाल बंगलादेश बैंकलाई नबिल बैंकले प्राप्ति गरेकोले नेपाल बंगलादेश बैंकलाई पुस ३० गतेको पत्रनुसार दोस्रो बजारमा कारोबार रोक्का राखिएको नेप्सेले जारी गरेको सूचनामा उल्लेख छ ।

[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2022/01/f04182c97990c67576be8cc854d31ab7.pdf” cache=”off”]

नबिलले एनबीलाई १०० बराबर ४३ को अनुपातमा एक्वायर गर्ने भएको हो । अर्थात् एनबीको १०० कित्ता सेयर बराबर नयाँ बैंक ९नबिल०मा ४३ कित्ता सेयर कायम हुनेछ ।

एनबीलाई नबिलमा विलय गरेपछि नेप्सेमा सूचीकृत १० करोड ८ लाख ५४ हजार कित्ता सेयर ४ करोड ३३ लाख ६७ हजार कित्ता हुनेछ जसका सेयरधनीले मर्जर प्रक्रिया सम्पन्न भएपछिमात्र बेच्न पाउनेछन् ।

नबिलले एक्विजिसन गरेकाले नयाँ बैंकको सेयर मूल्य समायोजन पनि हुँदैन ।
हाल नबिलको सेयर मूल्य प्रतिकित्ता ११ सय १० रुपैयाँ छ भने एनबीको ३ सय ९९ रुपैयाँ छ ।

यसको अर्थ, एनबीको १०० कित्ता सेयर भएका लगानीकर्तासँग ४३ कित्ता हुनेछ । यदी कारोबार खुलेको दिन नबिलको सेयर मुल्य हालकै बराबर कायम रहे एनबीका सेयरधनीलाई करिब ७ हजार ८ सय रुपैयाँ लाभ हुनेछ ।

त्यतिबेलासम्म नबिलको सेयर मूल्य बढे लाभ पनि बढ्नेछ भने नेप्से परिसूचकसँगै नबिलको सेयर मुल्य घटेको खण्डमा एनबीका सेयरधनी मारमा पर्नेछन् ।

[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2022/01/01beef97434e0357a2a65399dd903240.pdf” cache=”off”]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स