नबिल बैंकका ग्राहकहरुलाई ओम हस्पिटलमा विशेष छुट

काठमाडौं । काठमाडौंको चावहिलमा अवस्थित ओम हस्पिटल एण्ड रिसर्च सेन्टर र नबिल बैंकबीच सहुलियत दरमा उपचार सेवा प्रदान गर्ने विषयमा सम्झौता भएको छ ।

नबिल बैंकको प्रधान कार्यालयमा बिहीबार आयोजित एक संक्षिप्त कार्यक्रममा बैंकका ग्राहक कर्मचारी तथा परिवारजनलाई उपचार शुल्कमा सहुलियत दिने विषयमा सो सम्झौता भएको हो ।

सम्झौतापत्रमा ओम अस्पतालका प्रमुख कार्यकारी अधिकृत यम बहादुर महत र नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार अब नबिल बैंकका ग्राहक, कर्मचारी तथा परिवारजनले ओम हस्पिटलमा उपलब्ध सम्पूर्ण सेवाहरुमा विशेष छुट पाउनेछन् ।

बैंकका ग्राहकले सो छुट बैंकको प्रिपेड, डेबिट अथवा क्रेडिट कार्ड प्रयोग गरी अस्पतालको सेवाको बिल भुक्तानी गर्दा पाउन सक्नेछन् । त्यसैगरी नबिल बैंकले हस्पिटलका चिकित्साकर्मी तथा कर्मचारीहरुकालागि आफ्नो बैंकिङ सेवा सहज र सरल रुपमा उपलब्ध गराउने छ ।

नबिल बैंकले आफ्ना १३५ वटा शाखाबाट बैंकिङ सेवा प्रदान गरिरहेको छ । बैंकको देशभर १८७ वटा एटीएम सञ्चालनमा छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स