आजदेखि २ रुपैयाँको नयाँ सिक्का बजारमा, यस्तो छ विशेषता

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)देखि नयाँ २ रुपैयाँ दरको सिक्का प्रचलनमा ल्याएको छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग टक्सार महाशाखाले सूचना जारी गर्दै २ रुपैयाँ दरको सिक्का प्रचलनमा ल्याउने जानकारी दिएको हो ।
नयाँ सिक्का साविककै आकार तथा सुनौलो रंगमा टकमरी गरिएको साल २०७७ लेखिएको छ ।

सिक्काको अग्र भागमा

१. सिक्काको वृत्ताकार घेराभित्र वरीपरी ६४ वटा थप्लाहरु रहेको ।

२. सिक्काको माथिल्लो भागमा अंग्रेजीमा RS. TWO र तल्लो भागमा देवनागरी लिपिमा २ रुपैयाँ लेखिएको ।

३. सिक्काको बीच भागमा सात प्रदेशसहितको नेपालको नक्सा रहेका ।

४. नेपालको नक्साको ठिक माथिपट्टी दायाँतर्फ फरक क्षमता भएका (दृष्टिविहीन)हरुले स्पर्श गरेर सिक्काको दर पहिचान गर्न सक्ने २ वटा थोप्ला रहेको छ ।

सिक्काको पृष्ठ भागमा

१. सिक्काको वृत्ताकार घेराभित्र वरीपरी ६४ वटा थप्लाहरु रहेको ।

२. ८ थोप्ला सहितको वृत्ताकार चित्र रही सो भित्र वर्गाकार आकृतिको बाहिरपट्टि वरिपरी चन्द्र, सूर्य, चक्र, शंख, पद्य, गदाको आकृति रहेको ।

३. सिक्काको बीच भागमा जानकी मन्दिरको आकृति रहेको र सो आकृतिको मुनि देवनागरी लिपिमा जानकी मन्दििर लेखिएको ।

४. सिक्काको माथिल्लो भागमा देवनागरी लिपिमा नेपाल र तल्लो भागमा २०७७ लेखिएको ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स