कृषि विकास बैंकको २१ प्रतिशत लाभांश पारित

काठमाडौं । कृषि विकास बैंककले २१.०५ प्रतिशत लाभांश पारित गरेको छ । बैंकको बिहीबार सम्पन्न वार्षिक साधरणसभाले उक्त प्रस्तावित लाभांश पारित गरेको हो ।

सभाले बैंकको सञ्चालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरुलाई हाल कायम भएको चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर तथा १.०५२ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको हो ।

बैंकको पन्ध्रौ वार्षिक साधरणसभा बैंक संचालक समितिका अध्यक्ष रमेश कुमार केसीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स