राष्ट्रिय वाणिज्य बैंकको ३३ प्रतिशत लाभांश पारित

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको ३३ प्रतिशत लाभांश पारित भएको छ । बैंकको १६ औं वार्षिक साधारणसभाले ३३ प्रतिशत लाभांश पारित गरेको हो ।

जसमा ३० प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश रहेको छ । बैंकले साधारण सभाबाट आव २०७७/७८ को वार्षिक प्रतिवेदन र विभिन्न प्रस्तावहरु पारित गरेको हो ।

साधरणसभाले चुक्ता पुँजीको ३ प्रतिशतका दरले हुन आउने २७ करोड ५५ लाख रुपैंया नगद र ३० प्रतिशतले हुन आउने दुई अर्ब २७ करोड रुपैंया बरावरको बोनस सेयर सेयरधनीहरुलाई प्रदान गर्ने निर्णय पारित गरेको हो ।

यसपछी बैंकको कूल चुक्ता पुँजी १३ अर्ब ९४ करोड रुपैंया हुने छ । साथै, साधारणसभाले बैंकको अधिकृत पुँजी ३० अर्ब रुपैंया कायम गर्ने प्रस्ताव पारित गरेको छ ।

बैंक सञ्चालक समितिका अध्यक्ष डा।बलराम पाठकको अध्यक्षतामा सम्पन्न सो वार्षिक साधारणसभामा अध्यक्ष डा।पाठकले कोभिड–१९ पछिको अर्थतन्त्रलाई पुनरुत्थान गर्न नेपाल राष्ट्र बैंक तथा सरकारको नीति नियमलाई प्राथमिकताका साथ पालना गरिने बताए ।

बैंकले ७७ जिल्लाबाट २५७ वटा शाखा कार्यालय, २४१ वटा एटीएम र ९८ वटा शाखा रहित बैंकिङ सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स