२० वर्षसम्म दावी नपरेको निक्षेप विकास कोषसमा जम्मा गर्न बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकको निर्देशन

काठमाडौं । २० वर्षसम्म दावी नपरेको निक्षेप विकास कोषसमा जम्मा गर्न बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकको निर्देशन दिएको छ । २० वर्षसम्म दावी नपरेको निक्षेप बैंकिङ विकास कोषसमा जम्मा गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो ।

राष्ट्र बैंकले जारी गरेको सूचना अनुसार बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ११२ को उपदफा १ बमोजिकको रकम २० वर्षसम्म लिन नआएमा उक्त रकम केन्द्रीय बैंकको बैंकिङ विकास कोष अन्तर्गत रोकिएको हिसाबमा जम्मा गर्नु पर्ने छ ।

कोषमा जम्मा भएको रकम निक्षेपकर्ता सम्बन्धी विस्तृत विवरण सुरक्षित राख्ने जिम्मेवारी रकम जम्मा गर्ने बैंक तथा वित्तीय संस्थाको हुने छ ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को प्रकृया पुरा गरी बैंकको कोषमा जम्मा गरिसकेको निक्षेप रकम उपर निक्षेपकर्ता वा निक्षेपकर्ताको कानूनी हकवालाबाट सम्पूर्ण कानूनी प्रकृया पुरा गरी दाबी पर्न आएमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाले प्रमाणसहित बैंकमा दाबी पेश गर्नुपर्ने छ ।

आवश्यक कागजातसहित दाबी परेमा बीना ब्याज रकम फिर्ता गरिने छ । उक्त रकम बैंकिङ विकासमा प्रयोग गरिने राष्ट्र बैंकले जानकारी गराएको छ ।

[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2022/01/सूचना-नं-०६-दावी-नपरेका-निक्षेप-सम्बन्धका-1.pdf” cache=”off”]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स