नबिल बैंक र नेपाल बंगलादेश बैंकबीच आज साँझ मर्जर सम्झौता हुने, १००ः४३ स्वाप रेसियो तोकियो

काठमाडौं । नबिल बैंक र नेपाल बंगलादेश बैंकबीच मर्जरसम्बन्धी प्रारम्भिक सम्झौता हुने भएको छ । बिहीबार साँझ ४ बजेपछि नबिल बैंक र नेपाल बंगलादेश बैंकबीच मर्जरसम्बन्धी प्रारम्भिक सम्झौता हुने तय भएको हो ।

नबिल बैंकका एक सञ्चालकका अनुसार आज ३ बजे नबिल बैंकको बोर्ड बैठक बस्दै छ । उक्त बैंकले मर्जर प्रस्ताव पारित गरे लगत्तै नेपाल बंगलादेशसँग प्रारम्भिक सम्झौता गरिने ती सञ्चालकले बताए ।

उनका अनुसार नबिल र नेपाल बंगलादेशबीच १००ः४३ मा स्वप रेसियो तह भएको छ ।

दुवै बैंकको मर्जर कमिटीले एमओयूको सम्पूर्ण प्रक्रिया सम्पन्न गरिसकेको र प्राप्ति हुने प्रस्ताव सञ्चालक समितिले पास गरेपछि हस्ताक्षर गरिने छ ।

शुक्रबार नबिल बैंकको साधारणसभा भएको हुँदा एमओयू हस्ताक्षरको काम आजै सम्पन्न गर्ने निर्णय गरिएको उनको भनाइ छ ।
काठमाडौं जिल्ला अदालतले आइएफआइसी बैंकको स्वामित्वमा रहेको नेपाल बंगलादेशको ४१ प्रतिशत सेयर रोक्न आदेश दिएसँगै नबिल र नेपाल बंगलादेशबीचको मर्जर सम्झौता भाडिने हो कि भन्ने अन्यौल पनि सिर्जना भएको थियो। तर, दुवै बैंकको सहमतीमा मर्जर प्रक्रिया अघि बढाउन लागिएको हो ।

सनराजइज बैंकका अध्यक्ष तथा व्यवसायी मोतीलाल दुगडले हालेको मुद्दामा अदालतले पुस २७ गते सेयर खरिद बिक्री रोक्नु भनेर आदेश दिएको हो ।

साथै, नेपाल बंगलादेश बैंकसँग अदालतले ७ दिन भित्रमा लिखित जवाफ पनि माग पनि गरेको छ ।

दुगडले आफूसँग भएको सम्झौता विपरित आइएफआइसीले नेपाल बंगलादेश बैंकको स्वामित्वको सेयर तेस्रो पक्षलाई बिक्री गर्न तयार भएपछि अदालतमा मुद्दा हालेका थिए । अदालतले मंगलबार नै आदेश दिए पनि त्यसको लिखित जवाफ बुधाबार मात्र आएको हो ।

नेपालका एक मात्र डलर अरबपती विनोद चौधरीले नेपाल बंगलादेश बैंकको सेयर श्रीमती सारिका चौधरीको नाममा खरिद गर्न खोजेका थिए । श्रीमतीको नाममा नेपाल बंगलादेशको सेयर खरिद गरेर चौधरी प्रमोटर रहेको नबिल बैंकसँग मर्जर गराउन खोजेका थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स