ज्योति विकास बैंकद्वारा ४ विभिन्न अस्पतालहरुलाई बेबी वार्मर प्रदान

काठमाडौं । ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको अन्तर्गत थप ४ विभिन्न अस्पतालहरुलाई बेबी वार्मर प्रदान गरेको छ ।

बैंकले भिंग्री प्राथमिक स्वास्थ्य केन्द्र( प्युठान, महादेवपुरी स्वास्थ्य चौकी( बाँके, बर्दिया जिल्ला अस्पताल र स्वास्थ्य सेवा कार्यालय( जाजरकोटलाई राष्ट्रिय आविष्कार केन्द्र नेपालमै बनाएको बेबी वार्मर प्रदान गरेको हो ।

बैंकले अस्पतालका डाक्टर, नर्स लगायत विभिन्न सम्बन्धित कर्मचारीहरुलाई बेबी वार्मर संचालन सम्बन्धि विशेष तालिम पनि प्रदान गरेको छ ।

ज्योति विकास बैंकले हाल १०८ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६२ वटा ब्त्ः मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स