२१ हजारले बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जा तिरेनन्, नामावली सहित

काठमाडौं । बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण नतिर्नेको संख्या २१ हजार १५३ पुगेको छ । कर्जा सूचना केन्द्रका अनुसार बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण नतिर्नेको संख्या २१ हजार १५३ पुगेको हो । बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जा समयमा नतिर्नेलाई कर्जा सूचना केन्द्रले कालो सूचीमा राख्दै आएको छ ।

२०७८ सालमा मात्रै कर्जा नतिरेर कालोसूचीमा पर्ने ६ हजार ४६७ जना पुगेका छन् । २०७७ चैत मसान्तसम्म कर्जा नतिरेर कालोसूचीमा पर्ने १४ हजार ६८६ जना थिए ।

ऋण लिएर समयमै नतिर्ने व्यक्ति तथा संस्था माथि बैंक तथा वित्तीय संस्थाले थप लगानी गरेर नफसुन भन्ने उद्देश्यले कर्जा केन्द्रले कालोसूची तयार गर्ने गरेको छ ।

केन्द्रका २०४६ सालदेखि ऋण लिएर नतिर्नेलाई कालोसूचीमा राखेको छ ।

कसरी राखिन्छ कालोसूचीमा
कुनै पनि बैंक वा वित्तीय संस्थाले आफुले स्वीकृत गरेको सम्पूर्ण कर्जा र सुविधाको विवरण, ९० दिन भन्दा बढी अवधिले भाखा नाघेका सम्पुर्ण कर्जारसुविधाको विवरण र १० लाख रुपैयाँ वा सो भन्दा बढीको कर्जा रकम कालोसूचीमा राख्न तोकिएको अवधिभित्र कर्जा सूचना केन्द्रलाई जानकारी गराउनु पर्ने व्यवस्था छ ।

सो बमोजिम बैंक तथा वित्तीय संस्थाहरुले कर्जा सूचना केन्द्रलाई उपलब्ध गराएको विवरण कै आधारमा सो केन्द्रले अन्य कुनै पनि बैंक वा वित्तीय संस्थाले माग गरेको कर्जा सूचना तयार गरी उपलब्ध गराउँछ ।

लघुवित वित्तीय संस्थाहरुको हकमा भने ५ लाख रुपैयाँ वा सो भन्दा बढीको कर्जा रकम भएका ऋणीहरुलाई कालोसूचीमा राख्न पठाउने व्यवस्था छ । नियतवश कर्जा नतिर्ने ऋणीलाई भने जतिसुकै परिमाणको ऋण भए पनि कालोसूचीमा राख्न सकिन्छ ।

[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2022/01/blacklist_upload_2078-09-27_5_00pm.pdf” cache=”off”]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स