हिमालयन बैंकको कञ्चनपुर जिल्लामा पहिलो शाखा

काठमाडौं । हिमालयन बैंकले सुदुरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लास्थित भीमदत्त नगरपालिका–६, चम्मनचोकमा शाखा सञ्चालनमा ल्याएको छ । बैंकले पुष २६ गते सोमबारदेखि महेन्द्रनगरस्थति उक्त शाखा सञ्चालनमा ल्याएको हो ।

बैंकको यो शाखा कञ्चनपुर जिल्लाको पहिलो तथा सूदुरपश्चिम प्रदेशको आठौं शाखा हो । बैंकले उक्त शाखाबाट सम्पुर्ण ग्राहकहरुलाई अत्याधुनिक बैंकिङ सुविधाहरु उपलब्ध गराउने जनाएको छ ।

महेन्द्रनगर शाखाले सम्पूर्ण आधुनिक बैंकिङ सेवाहरुसहित लकर सेवा समेत सञ्चालनमा ल्याएको शाखा प्रबन्धक बैजनाथ प्रसाद कोइरीले बताए ।

योसँगैं बैंकको कुल शाखा संख्या ७४, विस्तारित काउन्टर संख्या ५ पुगेको छ भने एटिएम संख्या १४८ र ५ हजारभन्दा बढी पिओएस टर्मिनल्स संख्या पुगेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स