काठमाडौं । वाणिज्य बैंकहरुमा एक सातामै ५८ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्यांकअनुसार बैंकहरुको निक्षेप ५८ अर्ब रुपैयाँले बढेको हो ।
पुस १६ गते बैंकहरुसँग ४२ खर्ब ४९ अर्ब रुपैयाँ निक्षेप रहेको थियो । पुस २३ गते निक्षेप बढेर ४३ खर्ब ७ अर्ब रुपैयाँ पुगेको छ ।
सरकारले स्थानीय तहमा जाने रकमलाई बैंकहरुलाई निक्षेपका रुपमा गणना गर्न दिने व्यवस्था पनि बैंकहरुको निक्षेप बढेको हो । स्थानीय तहको कोषबाट करिब ४५ अर्ब रुपैयाँ बैंकहरुले निक्षेपका रुपमा आएको छ ।
एक सातामा बैंकहरुले ९ अर्ब कर्जा विस्तार गरेका छन् । अघिल्लो साता बैंकहरुले ४० अर्ब ९९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । गत साता कर्जा प्रवाह ४१ खर्ब ८ अर्ब रुपैयाँ छ ।
बैंकहरुसँग स्वदेशी रकम ४२ खर्ब ९ अर्ब र विदेशी रकम ९८ अर्ब निक्षेपको रुपमा रहेको छ ।
यस्तै बैंकहरुले स्वदेशी रकम ३९ खर्ब ९४ अर्ब र विदेशी रकम १ खर्ब १४ अर्ब कर्जा प्रवाह गरेका छन् ।
बैंकर्स संघका अनुसार ११ वटा बैंकको सीडी रेसियो ९० प्रतिशतभन्दा माथि छ । बैंकहरुले चालु आर्थिक वर्षको मसान्तसम्म सीडी रेसियो ९० प्रतिशतभन्दा तल पुर्याउनु पर्छ ।