अर्थतन्त्रको अवस्था सेयर बजारबाट झल्कनेः गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रको अवस्था सेयर बजारबाट झल्कने बताएका छन् । सार्वजनिक लेखा समितिमा आइतबार आयोजित छलफलमा गभर्नर अधिकारीले अर्थतन्त्रको अवस्था सेयर बजारबाट झल्कने बताएका हुन् ।

‘सेयर बजार अर्थतन्त्रको अभिन्न अंग हो । यसैबाटै अर्थतन्त्रको अवस्था झल्किन्छ, गभर्नर अधिकारीले भने, ‘सेयर बजार नराम्रो चिज होइन । यो अर्थतन्त्रको महत्वपूर्ण अंग हो ।’

मुलुकको सेयर बजार हेरेर अर्थतन्त्र कुन अवस्थामा छ भन्ने थाहा हुने पनि उनको भनाइ छ ।

उनले अहिले अर्थतन्त्र संकटमा आइनसकेको भन्दै चुनौतीपूर्ण अवस्थामा रहेको बताए । अर्थतन्त्र अत्यासलाग्दो अवस्थामा नरहेको तर सचेत हुनुपर्ने अवस्थामा रहेको उनको भनाइ थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स