साउनमा वाणिज्य बैंकको व्यवसायः निक्षेप घट्दै, कर्जामा उत्साह देखिएन

काठमाडौं । साउन लागेपछि वाणिज्य बैंकहरूको निक्षेप घटेको छ भने कर्जा पनि त्यति उत्साह देखिएको छैन । साउन लागेपछि वाणिज्य बैंकहरूको निक्षेप एक्कासी घटेको छ । साउन महिनामात्रै ६१ अर्ब निक्षेप घटेको हो । पहिलो पटक ठूलो मात्रमा यसरी निक्षेप घटेको हो । कोरोना महामारीका बेलामा समेत बैंकबाट यसरी निक्षेप घटेको थिएन ।

चालु आर्थिक वर्षको पहिलो महिना अर्थात साउनको २२ गतेसम्ममा वाणिज्य बैंकहरुको ६१ अर्ब रुपैयाँ निक्षेप घटेको छ । साउन २२ गतेसम्म वाणिज्य बैंकहरुले ४१ खर्ब ४० अर्ब निक्षेप संकलन गरी ३७ खर्ब ३२ अर्ब कर्जा लगानी गरेका छन् ।
चालु आवको पहिलो महिना साउनको पहिलो हप्तामा ४३ अर्ब, दोस्रोमा ६ अर्ब तथा तेस्रो सातामा १२ अर्ब गरी कुल ६१ अर्ब निक्षेप घटेको हो । गत असारमसान्तको अन्त्यसम्म वाणिज्य बैंकहरूले ४२ खर्ब १ अर्ब निक्षेप संकलन गरेको छ ।
२०७५ असारसम्म वाणिज्य बैंकमा २५ खर्ब २३ अर्ब निक्षेप संकलन भएको थियो । सो निक्षेप बढेर २०७६ असारमा २८ खर्ब ७८ अर्ब पुगेको हो । २०७७ असारमा निक्षेप बढेर ३४ खर्ब ८७ करोड पुग्यो । २०७८ असारमा निक्षेप बढेर ४२ खर्ब १ अर्ब पुगेको थियो ।

नेपाल बैकर्स संघका अध्यक्ष भुवन कुमार दाहालले विगतका वर्षहरूमा पनि साउन महिनामा निक्षेप घट्ने गरेको बताए । ‘तर, यो वर्ष निक्षेप अत्याधिक घटेको देखियो,’ उनले भने ‘यस विषयमा के भयो
त्यस विषयमा अध्ययन गर्नुपर्ने देखिएको छ ।

‘कुन बैंकको कति निक्षेप घट्यो भनेर अध्ययन नै गर्नुपर्छ त्यसपछि मात्र वास्तविक कारण थाहा हुन्छ’, उनले भने । सरकारले साउन लागेपछि नेपाल दुरसंचार प्राधिकरण लगायतका विभिन्न सरकारी संस्थाहरुबाट ठूलो रकम राष्ट्र बैंकमा स्थानान्तरा गरेकाले पनि निक्षेप घटेको उनको बताए ।

गत आवको अन्तिम महिना असारमा वाणिज्य बैंकहरूले २ खर्ब ११ अर्ब निक्षेप संकलन गरेका गरेर ७० अर्ब कर्जा परिचालन गरेका थिए । गत आवमा बैंकहरूमा असोज, चैत र असारमा निक्षेप उच्चदरले बढे्को थियो ।
कोरोना कहरका कारण आर्थिक गतिविधि सहज नभएपनि गत आर्थिक वर्षमा वाणिज्य बैंकहरुले उल्लेखीय रुपमा कर्जा विस्तार गरेका थिए ।

त्यसरी नै साउन महिनामा वाणिज्य बैंकहरूले जम्मा ११ अर्ब मात्र कर्जा विस्तार गरेका छन् । साउनको पहिलो साता बैंकहरुको कर्जा पनि १५ अर्बले घटेको थियो । तर, दोस्रो र तेस्रो सातमा क्रमश १० र १६ अर्ब कर्जा परिचालन गरेका छन् ।

साउनको तेस्रो सातासम्म अर्थात २२ गतेसम्म बैंकहरूको कर्जा ११ अर्बले कर्जा घटेको छ । बैंकहरूले साउन पहिलो साता ५ अर्ब लगानी गरे । दोस्रो साता १० अर्ब लगानी गरेका छने भने तेस्रो सातामा बैंकहरूको कर्ता बढेर ३७ खर्ब ३२ अर्ब पुगेको छ ।

गत आर्थिक वर्षभरीमा वाणिज्य बैंकहरूमा ७ खर्ब १४ अर्ब निक्षेप थपिएको थियो । ८ खर्ब १८ अर्बले कर्जा बढेको थियो । एकवर्षको अवधिमा बैंकहरुले निक्षेप भन्दा एक खर्ब ४ अर्ब बढी कर्जा प्रवाह गरेका थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स