कृषि विकास बैंकले गर्यो कृषि फर्मलाई कृषि सामग्री तथा उपकरण हस्तान्तरण

काठमाडौं । कृषि विकास बैंकले युवा आधुनिक सामूहिक खेती फर्म भरतपुरलाई कृषि सामग्री उपलब्ध गराएको छ । बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत १८० थान क्रेट, १८ थान आटोमेटिक स्प्रे मेसिन, तथा १ थान डिजिटल काँटा उपलब्ध गराएको हो ।

बैंकले एक कार्यक्रम आयोजना गरी कृषि विकास बैंकका संचालक संजीव पौडेल सामूहिक खेती फार्मका अध्यक्ष लेखनाथ भुषाललाई कृषि उपकरण हस्तान्तरण गरिएको हो ।

सो अवसरमा कृषि विकास वैंक लि. शाखा कार्यालय, भरतपुरका प्रवन्धक दिनेश बाबु नेपालले कृषि विकास वैंक, कृषि क्षेत्र कै विकासको लागि स्थापना भएको र बदलिँदो परिस्थिति अनुसार अन्य क्षेत्रलाई पनि समटदै लगेता पनि कृषि क्षेत्रमा यस वैंकको विशेष लगाव रहेकोले बताए । यस बैंकको नारा नै कृषिलाई नछोडने र अरुलाई जोडने रहेको छ समेत उनले उल्लेख गरे ।

‘वित्तिय सहयोग चाहिएमा ७ कार्यदिन भित्र कर्जा उपलब्ध गराउने छौं,’ उहाँले भने ‘कृषकहरुको हित र कृषि क्षेत्रलाई प्रविधी मैत्री वनाउदै लैजानको लागि कृषि विकास वैंकले किसान क्रेडिट कार्ड तथा किसान एप संचालनमा ल्याएको छ ।’
कार्ड तथा एपको माध्यमवाट यहाँहरुले आफुलाई चाहिएको वेलामा किसान कार्डको प्रयोग गरेर आवश्यकिय विउविजन, मलखाद तथा कृषि सामग्री खरिद गर्न सकिने जानकारी पनि उनले गराए ।

उक्त कार्यक्रममा कृषि विकास वैंक लि. प्रदेश कार्यालय, वीरेन्द्रनगरका निर्देशक श्री कृष्ण नकर्मीले कृषि विकास वैंकले यस प्रदेश भित्र कृषि क्षेत्रमा गरेको लगानीको स्थिति, सहुलियतपूर्ण कर्जा प्रवाहको स्थितिका वारेमा पनि उल्लेख गरिएको थियो ।

किसान क्रेडिट कार्ड तथा किसान एपको माध्यमवाट कृषकलाई हुने फाइदाका वारेमा प्रकाश पार्दै यस फार्मका युवा कृषक सदस्यहरुले नपढेका मानिसले मात्र नभएर पढेका मानिसले पनि कृषि कार्य गर्नुमा उनले जोड दिए ।

कार्यक्रमका संचालक पौडेलले कृषि विकास वैंकका सेवाहरुलाई कृषक मैत्री कसरी वनाउन सकिन्छ भनेर लाग्नु पर्ने बताए । ‘यदि नीतिमा परिवर्तन गर्नुपर्ने भए आवश्यक सुधारको लागि सुझाव लिन आएको, हामीले नारामा तपाई हाम्रो घर आँगनको बैंक भनेका छौ साच्चै बैंक तपाईहरुको घर आँगनमा जत्तिकै सहज छ कि छैन बुझ्न आएको वताए ।

कृषि क्षेत्रमा ब्यापक परिवर्तन गर्नु पर्ने आवश्यकता रहेको बताउदै कृषकले उत्पादन गरेको वस्तुको कृषकले पाउने मूल्य र उपभोक्ताले तिर्ने मूल्यबीच ठूलो अन्तर रहेको र विचका विचौलियहरुले लाभ उठाइरहेको उनले उल्लेख गरे ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स