५० हजारभन्दा माथिको सवारी साधन आयातमा लगाएको बन्देज हट्यो, अन्य वस्तुमा के भयो ?

काठमाडौ । ५० हजारभन्दा माथिको सवारी साधन आयातमा लगाएको बन्देज हटाएको छ । नेपाल राष्ट्र बैंक आज शुक्रबार एकीकृत निर्देशिका जारी गर्दै यसअघि ५० हजार अमेरिकी डलरभन्दा माथिको सवारी साधन आयातमा लगाएको बन्देज हटाएको हो ।

‘अमेरिकी डलर ५० हजारभन्दा बढी मूल्यको सवारी साधनको पैठारीमा लगाइएको पूर्ण बन्देजलाई हटाइएका छ,’ एकीकृत निर्देशिकामा उल्लेख गरिएको छ । सो बन्देज हटाउन सवारी साधन आयातकर्ता तथा सवारी साधन बिक्री गर्ने साहुहरूले माग गर्दै आएका थिए । यस विषयलाई लिएर उनीहरूले वाणिज्य मन्त्रालयदेखि नेपाल राष्ट्र बैंक तथा अर्थमन्त्रालयमा समेत लबिङ गरिरहेका थिए ।

त्यसरी नै नधुल्याएको मरिच आयातको परिमाणात्मक बन्देज सम्बन्धी नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको मिति २०७७/०३/०८ को सूचना खारेज गरिएको हुँदा सोही व्यवस्थाको अधिनमा रही विदेशी मुद्राको सटही सुविधा प्रदान गर्न सकिने छ ।

त्यसरी नै भन्सार उपशीर्षक ०८०४.१०.०० को छोकडाको पैठारीमा पूर्ण बन्देज लगाएकोमा २०७६ चैत १६ गते अगाडि नै चलान (सिपिङ्ग) भइसकेका तर खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको स्वीकृति नलिएका छोकडाको हकमा सम्बन्धित भन्सार स्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको कार्यालयले गुणस्तर प्रमाणीकरण गरी उपयुक्त देखिएको सिफारिस गरेमा त्यस्तो छोकडा पैठारी गर्ने प्रयोजनका लागि समेत विदेशी मुद्राको सटही सुविधा प्रदान गर्न सकिने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

आर्थिक वर्ष २०७७/७८ को लागि परिमाणात्मक बन्देजको सीमा तोकिएका वस्तुहरुको पैठारी हकमा कोटा प्राप्त गर्ने आयातकर्ताले २०७८ असार मसान्तभित्र त्यस्तो वस्तु ढुवानी गराइसक्नुपर्ने र त्यसरी २०७८ असार मसान्तसम्म एलसी÷ डीएपी/डीडीए/डीडी/टीटी खोली ढुवानी भैसकेका वस्तुहरु आर्थिक वर्ष २०७८/७९ मा पनि भन्सार जाँचपास गर्ने सम्बन्धी व्यवस्था गर्न सकिनेछ ।

आर्थिक वर्ष २०७८/७९ मा यस पूर्व परिमाणात्मक बन्देज लगाइएका वस्तुहरुको सम्बन्धमा हालसम्म नेपाल सरकारबाट कोटा निर्धारण नभएको र इजाजत पनि प्रदान नभएको हुँदा त्यस्ता वस्तुहरु आयात गर्ने प्रयोजनका लागि कुनै पनि आयात, बैंकिङ तथा भुक्तानी सम्बन्धी प्रक्रिया अगाडि बढाउन सकिने छैन ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स