नेपालीले १५ सय अमेरिकी डलरसम्म नगद बोक्न पाउने

काठमाडौं । नेपालीले १५०० अमेरिकी डलरसम्मको विदेशी मुद्रा नगद राख्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले ाष्ट्र बैंकले आज (शुक्रबार) एकीकृत परिपत्र–२०७८ जारी गर्दै १५ सय अमेरिकी डलर बराबरको विदेशी मुद्रा नगदमा राख्न पाउने व्यवस्था गरेको हो ।

‘नेपालीले विदेशमा रोजगारी वा विदेशमा व्यवसाय गरी आर्जन गरेको वा विदेश भ्रमणका लागि सटही सुविधाअन्तर्गत प्राप्त विदेशी मुद्रामध्ये बचत हुन आउको विदेश मुद्रा भविष्यमा उपयोग गर्ने प्रयोजनका लागि अधिकतम अमेरिकी डलर १५०० वा सो बराबरको परिवतर्य विदेशी मुद्रासम्म नगदमा राख्न सक्नेछन्’, एकीकीकृत निर्देशनको नेपाली नागरिकले नगदमा राख्न सक्ने परिवत्र्य विदेशी मुद्रासम्बन्धी व्यवस्थामा उल्लेख गरिएको छ ।

सम्बन्धित व्यक्तिले आफू विदेशबाट नेपाल आउँदा साथमा ल्याएको वा नेपालभित्र प्राप्त गरेको परिवत्र्य विदेशी मुद्रा उपर्युक्त सीमाभन्दा बढी भएमा ३५ दिनभित्र सटही गर्नु पर्नेछ । तर, सम्बन्धित व्यक्तिले चाहेमा त्यस्तो सम्पूर्ण रकम नेपालस्थित बैंकमा परिवत्र्य विदेशी मुद्राको खाता खोली राख्न सक्नेछन् ।

नगद परिवत्र्य विदेशी मुद्रा सटही गर्ने सम्बन्धी व्यवस्था ः नेपाली नागरिकहरूले आफ्नो पहिचान खुल्ने प्रमाण सहित नगद परिवत्र्य विदेशी मुद्रा सटहीको लागि अनुरोध गरेमा देहाय बमोजिमको व्यवस्था अनरुप प्रचलित विनिमय दरमा सटही गरिदिन सकिने छ । यस्तो सटही गर्दा बैंक तथा वित्तीय संस्थाले एक पटकमा अमेरिकी डलर ५ हजार वा सो बराबर हुने अन्य परिवत्र्य विदेशी मुद्रा मात्र सटही गर्न सकिनेछ । तर, विदेशमा रोजगारी वा विदेशमा व्यवसाय गरी आर्जन गरेको प्रमाणित हुने कागजातसहित प्रचलित कानूनबमोजिम भन्सार उद्घोषण गरी कानूनी रुपमा नेपाल भित्र्याइएको परिवत्र्य विदेशी मुद्राको हकमा जतिसुकै रकम पनि एकै पटकमा सटही प्रदान गर्न बाधा पर्ने छैन ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स