एनएमबि बैंकको सीईओको तलव पौने २ करोड

काठमाडौं । एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल केसीले बैंकबाट गत आवमा करिब पौने २ करोड रुपैयाँ पारिश्रमिक बुझेका छन् ।

बैंकले उनलाई तलव वापत ६९ लाख ३६ हजार रुपैयाँ तलव, सञ्चय कोष वापत ६ लाख ९३ हजार ६ सय रुपैयाँ भुक्तानी दिएको छ । त्यसैगरी भत्तावापत ६६ लाख ९४ हजार रुपैयाँ, बोनस तथा वेलफेयर बापत २९ लाख ८५ हजार ७ सय ५ रुपैयाँ र अन्य शीर्षकमा १ लाख ८३ रुपँयाँ दिएको छ ।

एनएमबि बैंकको २०७७/७८ को २६ औं वार्षिक प्रतिवेदन अनुसार कार्यकारी अधिकृत केसीले बैंकबाट एकमुष्ट १ करोड ७४ लाख ९ हजार ३ सय ८८ रुैपयाँ पारिश्रमिक बुझेका हुन ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स