नेपाल बैंकको सुदूरपश्चिम प्रदेशका तीन स्थानमा डिजिटल बैंकिङ साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल बैंकले सुदूरपश्चिम प्रदेशको तीन स्थानमा डिजिटल बैंकिङ साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

बैंकले कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका, एमिटि कलेज (महेन्द्रनगर) र सुदूरपश्चिम विश्वविद्यालयमा बैंकिङ साक्षरता कार्यक्रम सम्पन्न हो ।

नेपाल बैंक सुदूरपश्चिम प्रदेशको पहलमा विद्यार्थीहरु लगायत समाजका सबै वर्गलाई डिजिटल बैकिङ सम्बन्धि जानकारी गराई डिजिटल बैकिङ्क प्रविधिहरुमा अभ्यस्त गराउन र वित्तीय पहुँच अभिवृद्धि गराउन उक्त कार्यक्रम गरेको जनाएको छ ।

बैंकको अनुसार उक्त कार्यक्रममा करिब ३०० जनाले सहभागिता जनाएका थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स