सहकारीको ब्याजदर बढाउने हैन, घटाएर अघि बढ्नु पर्छः मन्त्री श्रेष्ठ

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले सहकारीको ब्याजदर बढाएर भन्दा पनि घटाएर अघि बढ्नु पर्ने बताएकी छिन् ।

नेपाल सहकारी पत्रकार समाजको ११ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले सहकारीको ब्याजदर बढाएर भन्दा पनि घटाएर अघि बढ्नु पर्ने बताएकी हुन् ।

‘सहकारीको ब्याजदर अरु ठाउँमा बढ्दा बढ्ने र घट्दा घट्ने भन्ने कुरा आएको छ । यो कुरा सन्दा मिठो लाग्छ,’ मन्त्री श्रेष्ठले भनिन्, ‘हाम्रो मुलुकमा बढ्दा बढाउने तर घट्दा घटाउन नजान्ने छन् । बढेको समयमा बढेको बढेकै गर्छ ।’

इन्धनको मूल्यको उद्दारण दिँदै उनले भनिन्, अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्दा नेपालमा एक रुपयाँले घट्छ ।
त्यसैले ब्याजर बढाउने तर्फ सोच्ने हैन ।

सहकारी जुन उद्देश्यले स्थापना भएको छ त्यसले पनि ब्यादजर बढाउने अनुमति प्रदान नगर्ने उनीको दावी छ ।

‘सहकारीलाई कहाँ अफ्ट्यारो छ । त्यसलाई अर्को माध्यमबाट फुकाउने कुरा हो,’ उनीले भनिन्, ‘जसका लागि सहकारी स्थापना भएको हो उ सेवाबाट बञ्चित हुनु भएन । यो भन्दा अझै ब्याजदर घटाएर जाने हो ।’

ब्याजदर बढाएर सहकारीको दायरा बढ्ने र फाइदा नहुने उनको भनाइ छ । सहकारीको मुल मर्म अनुसार जाने हो भने ब्याजदर घटाएर अघि बढ्नु पर्नेमा उनको जोड छ ।

साथै, उनी नयाँ सहकारी दर्ता खुलाउनु पर्छ भन्ने पक्षमा छैनन् । सञ्चालनमा रहेका सहकारीलाई सशक्त बलिया, राम्रो र प्रभावकारी बनाउन भन्ने आफ्नो उद्देश्य रहेको उनीले बताइन् ।

‘धेरै खोलेर हुँदैन । बरु मर्जरमा जाउँ,’ उनीले भनिन्, ‘एउटै घरमा धेरै साइन बोर्ड झुन्डाउने हिसाबमा अब जानु हुँदैन ।’

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स