अब मेगा बैंकका ग्राहकहरुले मोको डिजिटल वालेटमा निः शुल्क पैसा लोड गर्न सकिने

काठमाडौं । मेगा बैंक नेपालले बैंक तथा वित्तीय संस्थाहरुको कार्डको लागि साझा केन्द्रको रूपमा कार्य गर्ने मोको डिजिटल वालेटसँग सहकार्य गरेको छ ।

यो साझेदारीसँगै मेगा बैंकका खातावालले अब सिधै आफ्नो डेबिट वा क्रेडिट कार्डहरू मोको डिजिटल वालेटमा बिना कुनै ब्यालेन्स, बिना कुनै शुल्क सहज रुपमा लोड गरी मोको डिजिटल वालेटको प्रयोग गर्न सक्नेछन ।

मोको डिजिटल वालेटमार्फत प्रयोगकर्ताहरूले आफ्नो वालेटमा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरुको कार्ड सहज रुपमा लोड गरी क्यूआर कोड स्क्यान गरी सहजै रकमको भुक्तानी तथा रकमान्तर गर्न सक्नेछन ।

यस सुविधामार्फत ग्राहकहरुले हरेक कारोवारको लागि पटक–पटक ब्यालेन्स लोड गर्नु नपर्ने हुँदा ग्राहकहरुलाई रकमको भुक्तानी तथा रकमान्तर गर्न अझ सहज हुने विश्वास लिएको मेगा बैंककी सिइओ अनुपमा खुञ्जेलीले बताइन् ।

मोको सुविधा तथा सुरक्षालाई ध्यानमा राखेर निर्माण गरिएको पूर्ण रूपले फरक प्रकारको वालेट हो । यो एपले पेमेन्ट कार्ड इन्डिस्ट्रि डाटा सेक्युरिटी स्टयाण्डर्डको नवीनतम प्रोटोकलको समेत पालना गरेको हुँदा यो एप सुरक्षित ब्याक एण्ड प्रणाली भएको मेगा बैंकका डिजिटल तथा ई–बैकिङ प्रमुख विश्व सिंहले जानकारी दिए ।

उनका अनुसार, मोको डिजिटल वालेट प्रयोगकर्ताहरूले युनिफिल्ड क्यसआर पेमेन्टको समेत लाभ लिन सक्नेछन । यस सुविधामार्फत मोको डिजिटल वालेट प्रयोगकर्ताहरू र मेगा बैंकका कार्ड प्रयोगकर्ताहरूले अलिपे, नेपल पे, युनियन पे, भिसा जस्ता विभिन्न डिजिटल प्लेटफर्म हरूमार्फत स्क्यान एण्ड पे प्रक्रियाको सहायताले रकमको भुक्तानी गर्न सक्नेछन् ।

मोको प्रयोगकर्ताहरूले प्रत्येक कारोवारको लागि रिवार्ड पोइन्ट हरू प्राप्त गर्नेछन् भने संकलन भएको रिवार्ड पोइन्ट हरू पछि मोकोको सहयोगीहरू र साझेदारहरूमार्फत आकर्षक उपहार तथा भौचरहरु रिडिम गर्न समेत प्रयोग गर्न सकिन्छ । मोको एप गुगल प्ले स्टोर र प्ले स्टोरबाट सजिलै डाउनलोड गर्न सकिने मेगा बैंकले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स