मर्जरपछि हिमालयन बैंकको सेयर बेचेर बाहिरिने योजनामा हबिब बैंक

काठमाडौं । हिमालयन बैंकको ठूलो सेयर लगानीकर्ता पाकिस्तानको हबिब बैंक मर्जर प्रक्रिया पछि संस्थापक सेयर बिक्री गरेर बाहिरिने योजना बनाएको छ ।

हिमालयन बैंकमा पाकिस्तानको हबिब बैंकको २० प्रतिशत सेयर रहेको छ । मर्जरमा जाने बैंक तथा वित्तीय संस्थालाई करमा २५ प्रतिशत छुट दिने राष्ट्र बैंकको नीति छ ।

हबिब बैंक पहिलेदेखि नै आफ्नो सेयर बिक्री गरेर बाहिरिने योजनामा बनाएको थियो । मर्जरपछि सेयर बिक्री गर्दा लाभ करमा २५ प्रतिशत छुट पाउने आशमा मर्जर पछि हबिब बैंक आफ्नो सेयर बिक्री गरेर बाहिरिने योजनामा रहेका हिमालयन बैंकका एक सञ्चालक बताउँछन् ।

‘२५ प्रतिशत छुट पाउने आशमा हबिब बैंक कुनै पनि हालतमा मर्जर गरेर बाहिरिने रणनीतिमा छ । २० प्रतिशत सेयरको २५ प्रतिशत छुट रकम पनि धेरै हुन्छ,’ ती सञ्चालकले भने, ‘हबिबले सेयर बिक्री गर्ने हो । पैसा लिएर हबिब बाहिरिन चाहन्छ ।’

मर्जर पछि सेयर बिक्री गरेर जाँदा हबिबलाई फाइदा नै हुने ती सञ्चालक बताउँछन् । हिमालयन बैंक मर्जरमा गए पछि हबिब बैंक नयाँ बन्ने संस्थाको ज्योइन्ट भेन्चर पार्टनर हुँदैन । ज्योइन्ट भेन्चर पाटर्नर हुनका लागि २० प्रतिशत सेयर आवश्यक पर्छ । मर्जर पछि हबिब बैंकको २० प्रतिशत सेयर पुग्दैन । यसले पनि उसलाई सेयर सदस्य भइरहन आकर्षित गर्दैन ।

हबिब बैंक जति सक्दो चाँडो हिमालयन बैंकको मर्जर प्रक्रिया टुंगामा पुर्याएर आफ्नो सम्पत्ती लिएर बाहिरिन चाहान्छ । यसका लागि हिमालयन बैंकले ठूलो बैंकसँग मर्जर गर्नु पर्ने हुन्छ ।

हिमालयन बैंकले मर्जरका लागि नेपाल इन्भेष्टमेण्ट बैंकसँग मर्जरका लागि सौधान्तिक सम्झौता गरेको छ । मर्जरमा जानका लागि इन्भेष्टमेण्ट बैंक तत्पर देखिएको छ । तर, हिमालयन बैंकका केही सञ्चालकहरु मर्जरको पक्षमा छैनन् ।

मर्जरको विपक्षमा हिमालयन बैंकका अध्यक्ष प्रचण्डबहादुर, श्रेष्ठ, पूर्व अध्यक्ष मनोजबहादुर श्रेष्ठ र कर्मचारी सञ्चय कोष देखिएका छन् ।

नेपाल इन्भेष्टमेण्ट बैंकले गलत सम्पत्ती विवरण देखाएर डीडीए (सम्पत्ति दायित्व मूल्यांकन) गरेको उनीहरुको आरोप छ । यसरी दुई वर्ष अघि डीडीए गर्दा स्वाप रेसियो १ः१ आएको थियो । महालेखा परीक्षकले सार्वजनिक गरेको गत आर्थिक वर्षको प्रतिवेदनमा इन्भेष्टमेण्ट बैंकले करिब साढे ३ अर्ब रुपैयाँ सेयर प्रिमियममा लाग्ने कर बुझाउनु पर्ने उल्लेख गरेको छ ।

यस्तै इन्भेष्टमेन्ट बैंकले काठमाडौं दरबारमार्गको ४ रोपनी जग्गा लिलामीबाट सकारेको थियो । अहिले उक्त जग्गा सम्बन्धी मुद्दा चलिरहेको छ । यी सम्पती समेत जोडर तत्कालिन समयमा डीडीए भएकाले पुन डीडीए गर्न सञ्चयकोषले राष्ट्र बैंकमा पत्र पनि पठाएको छ । पुन डीडीए हुने हो भने इन्भेष्टमेन्ट बैंकको सम्पत्ती घट्नेमा हिमालयन बैंकका सञ्चालहरु बताउँछन् ।

हिमालयन बैंकका सञ्चालकहरु श्रेष्ठ दाजु भाई र सञ्चय कोष मर्जर हुनु हुन्न् भन्ने पक्षमा देखिए पनि ठूलो सेयर लगानीकर्ता हबिब बैंक भने तथस्ट नै देखिएको छ । हबिब बैंक जति सक्दो चोढो हिमालय बैंकको मर्जर प्रक्रिया टुंगोमा लागोस् र आफ्नो सम्पत्ती लिएर जाउँ भन्ने ध्यानमा छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स