सनराइज बैंकले ल्यायो ८० हजारसम्म अस्पताल भर्ना खर्च पाउने नयाँ खाता सञ्चालनमा

काठमाडौं । सनराइज बैंकले विभिन्न सुविधा सहितको नयाँ बचत खाता सञ्चालनमा ल्याएको छ । बैंकले आम ग्राहकलाई समय सापेक्ष सेवा सुविधा प्रदान गर्न नयाँ खाता सञ्चालनमा ल्याएको हो ।

बैंकले सञ्चालनमा ल्याउको उक्त बचत खातामा ग्राहकले ८० हजार रुपैयाँसम्मको अस्पताल भर्ना खर्च र २० हजार रुपैयाँसम्मको ओपीडी बीमा पाउने छन्। यसबाहेक ५ लाख रुपैयाँसम्मको दुर्घटनाको बिमा सुबिधा पाउने छन्।् ।

बैंकका अनुसार बीमा वर्षमा अस्पताल भर्ना भएमा ३ पटकसम्म दाबी गर्न सकिने छ । बैंकले सञ्चालनमा ल्याएको यस स्वास्थ्य बीमा योजना भारतका विभिन्न अस्पतालहरूमा उपचार गराउँदा समेत दाबी गर्न सकिने छ ।

सनराइज बैंकले बचत खातामा ग्राहकले उच्चतम ब्याजका साथै अन्य धेरै सुविधा पनि पाउने भएका छन् । बैंकले सञ्चालनमा ल्याउको नयाँ खातामा बैंकले पाँच वर्षका लागि निशुल्क मोबाइल बैंकिङ र भिसा डेबिट कार्ड दिने छ ।

बैंकले एक वर्षका लागि डिम्याट खाता र मेरो सेयरको शुल्क नलाग्ने र अन्तर्राष्ट्रिय भिसा यात्रा कार्ड जारी गर्ने शुल्कमा ५० प्रतिशत छुट समेत प्राप्त गर्न सक्ने छन्।् । यद्यपि बैंकले उक्त खातामा कति निक्षेप हुुनपर्छ भन्ने कुरा भने खुलाएको छैन ।

 

बैंकका १३९ वटै शाखाबाट नयाँ खाता खोल्न सकिने छ । बैंकका १२ वटा एक्सटेन्सन काउण्टर, १५७ वटा एटिएम र ८३ वटा शाखारहित बैंकिङ सेवा केन्द्र छन्।् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स