सिदार्थ बैंकद्वारा मारवाडी सेवा समितिलाई १५ लाख रुपैयाँ बराबरको आर्थिक सहयोग प्रदान

काठमाडौं । सिदार्थ बैंकले मारवाडी सेवा समिति नेपाललाई १५ लाख रुपैयाँ बराबरको आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले पुस २० गते मंगलबार काठमाडौंको फसिकेब मार्गस्थित रहेको उक्त सामाजिक संस्थालाई डायलाइसीस मेसिन खरिद गर्नका लागि सामाजिक उत्तरदायित्व अन्र्तगत सो मात्राको आर्थिक सहयोग प्रदान गरेको हो ।

सो रकम बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कडेलले मारवाडी सेवा समिति नेपालका महासचिव प्रमोद अग्रवाललाई हस्तान्तरण गरेका हुन् ।

बैंकबाट प्राप्त उक्त रकम मारवाडी सेवा समिति नेपालले डायलाइसीस मेसिन खरिद गरि मिर्गौला रोगीहरुलाई निःशुल्क सेवा प्रदान गर्नको निम्ति उपयोग गर्नेछ । मारवाडी सेवा समितिले राष्ट्रिय मिर्गौला उपचार केन्द्र सगँको प्राविधिक सहयोगमा गौशाला स्थित पशुपति गौशाला धर्मशालाबाट उक्त सेवा प्रदान गर्नेछ ।

बैंकले पुर्याएको सो रकम सहयोगबाट मिर्गौला रोग भएका व्यक्तिहरूलाई डायलाइसीस सेवा दिएर जीवनस्तर सुधार गर्न केहि हदसम्म भएपनि मद्दत पुग्ने विश्वास बैंकले लिएको छ । बैंकले विभिन्न सामाजिक उत्तरदायित्व निर्वाह सम्बन्धी कार्यहरूमा सहभागिता जनाउँदै आएको र आगामी दिनहरुमा पनि यस्ता संस्थागत सामाजिक उत्तरदायित्वलाइ सधैं आफ्नो उच्च प्राथमिकता र निरन्तरता दिदै जाने उद्देश्य बैंकको रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स