बैंकहरुमा निक्षेप बढ्न थाल्यो, एक सातामा १४ अर्ब निक्षेप थपियो

काठमाडौं । निक्षेपको समस्या खेपिरहेका वाणिज्य बैंकहरुमा निक्षेप बढ्न थालेको छ । नेपाल बैंकर्स संघको तथ्यांकअनुसार गत साता वाणिज्य बैंकहरुमा १४ अर्ब रुपैयाँले निक्षेप थप भएको छ ।

निक्षेप बढेसँगै बैंकहरुले कर्जा पनि बढाएका छन् । गत साता ११ अर्ब रुपैयाँ कर्जा विस्तार भएको छ ।

पुस १६ गतेसम्म बैंकहरुले ४२ खर्ब ४९ अर्ब निक्षेप संकलन गरेका थिए । पुस ९ गते बैंकहरुसँग ४२ खर्ब ३५ अर्ब निक्षेप थियो ।

गत सातासम्म बैंकहरुले ४० खर्ब ९९ अर्ब रुपैयाँ कर्जा विस्तार गरेका छन् । पुस ९ गते कर्जा विस्तार ४० खर्ब ८८ अर्ब रुपैयाँ थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स