मुक्तिनाथ विकास बैंकको सीईओ तलब साढे ८३ लाख

काठमाडौं । मुक्तिनाथ विकास बैंकले गत आवमा प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई ८३ लाख ६१ हजार ६२८ रुपैयाँ तलब दिएको छ ।

सीईओ प्रद्युमन पोखरेलले बैंकबाट तलब भत्ता वापत ८३ लाख ६१ हजार ६२८ रुपैयाँ लिएका हुन् ।

बैंकले सीईओलाई तलब तथा भत्ता वापत ६४ लाख ४७ हजार ६६ रुपैयाँ, सञ्चय कोषवापत ४ लाख १७ हजार ६१ रुपैयाँ, विदा वापत २ लाख ३१ हजार ७ सय रुपैयाँ र बोनसवापत १२ लाख ६५ हजार ८०१ रुपैयाँ दिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स