१५ वर्षमा १८ वटा वित्तीय संस्था मर्ज तथा एक्विजिशन गरे, ग्लोबल बैंक बन्यो अब्बल

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड आइतबारदेखि आफ्नो स्थापनाको १६औं वर्षमा प्रवेश गरेको छ । बैंकले आफ्नो १५ औं स्थापना दिवसको अवसर पारेर मुलुकको सातवटै प्रदेशमा सप्ताहव्यापीरुपमा विभिन्न कार्यक्रमहरूको आयोजना गरेको छ ।

सो अवसरमा बैंकले निःशुल्क स्वास्थ्य शिविरहरू, रक्तदान कार्यक्रम, छात्रवृत्ति वितरण तथा बैंकको अन्तर विभागीय खेलकुद प्रतियोगिताको आयोजना गरेको थियो ।

ग्लोबल बैंक २०६३ साल पुस १८ गते क्षेत्रीयस्तरको वाणिज्य बैंकको रुपमा स्थापना भएको थियो ।

बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले ग्लोबल आइएमई बैंकले आफ्नो स्थापनाको १५ वर्षमा १८ वटा बैंक तथा वित्तीय संस्थाहरु मर्जर तथा एक्विजिशनमार्फत आफूलाई अधिकांश वित्तीय सूचकहरुमा अब्बल बनाउन सफल रहेको बताए । ‘उत्कृष्ट बैंकिङ सबैका लागि भन्ने नाराका साथ अघि बढेको छ,’ उनले भने ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य बैंकले आफ्नो सेवालाई ग्राहकमैत्री बनाउँदै अहिलेको डिजिटल युगमा समयसापेक्ष सेवा दिनेगरी आफ्नो लक्ष्य निर्धारण गरेर अगाडि बढेको जानकारी दिए ।

हाल बैंकको ३३ अर्ब ७५ करोड रुपैयाँ सेयरधनी कोष, २ खर्ब ७४ अर्ब रुपैयाँ निक्षेप संकलन र २ खर्ब ६९ अर्ब रुपैयाँ कर्जा लगानी गरेकोे छ ।

त्यस्तै, बैंकले ७६ जिल्लामा रहेका आफ्ना २८७ शाखा, २६३ शाखा रहित बैंकिङ सेवा, २५२ एटीएम, ४८ एक्स्टेन्सन काउन्टर र तीनवटा वैदेशिक सम्पर्क कार्यालयमार्फत उत्कृष्ट बैंकिङ सेवा प्रदान गर्दै आएको छ । बैंकमा ३ हजार २ सय भन्दा बढी कर्मचारी तथा २७ लाख भन्दा बढी ग्राहकहरू रहेको जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स