बैंक अफ काठमाण्डूको ‘बिओके स्मार्ट सेभिङ’ अन्तर्गत ६.५५ प्रतिशत ब्याज पाइने

काठमाडौं । बैंक अफ काठमाण्डूले आफ्नो ग्राहकहरुलाई मध्य नजर गर्दै बिओके स्मार्ट सेभिङ अकाउन्ट सार्वजनिक गरेको छ ।

‘कारोबार अब अझ फटाफट’ भन्ने मुलनाराका साथ ग्राहकहरुलाई बैंकिङ सेवाहरुमा थुप्रै छुटहरुको साथ उच्चतम व्याजदरको व्यवस्थासहित बैंकले उक्त बचत खाता संचालनमा ल्याएको जनाएको छ ।

उक्त बचत खाता ग्राहकहरुले प्रविधिको प्रयोग गरी अनलाइनको माध्यमबाट पनि खाता खोल्न सक्ने छन् । यस बचत खाता खोल्दा ग्राहकहरुले ६.५५ प्रतिशत वार्षिक व्याजदर सहित मोबाईल बैंकिङ शुल्कमा, डेबिट कार्ड जारी शुल्कमा, बिओके इकम डलर कार्ड जारी शुल्कमा ५० प्रतिशतको छुट तथा अन्य बैंकिङ सेवाहरुमा धेरै छुटहरुको फाइदा उपयोग गर्न सक्नेछन् ।

थुप्रै छुट अनि धेरै सुविधाहरु सहित बैंकले सार्वजनिक गरेको उक्त बचत खाताले ग्राहकहरुको बैंकिङ कारोबारमा अझै सहजता बनाउने विश्वास बैंकले लिएको छ ।

हालसम्म बैंक अफ काठमाण्डूले ९२ शाखा कार्यालयहरु, ८४ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई बैंकिङ सुविधा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स