तरलताको चापमा माइक्रोफाइनान्स, लोन दिने पैसा छैन

काठमाडौं । वित्तीय बजारमा देखिएको तरलताको समस्या माइक्रोफाइनान्समा अझ बढी देखिएको छ । आफैले निक्षेप संकलन गर्न नपाउने र कर्जा उपलब्ध गराउने मुहानै सुकेपछि माइक्रोफाइनान्सहरू तरलताको थप चापमा परेका हुन् ।

माइक्रोफाइनान्सहरू आफैले निक्षेप संकलन गर्न नपाउने र बैंकहरू कर्जा दिन नसक्ने अवस्थामा पुगेपछि लघुवित्तहरूलाई साह्रै गाह्रो भइरहेको नेपाल लघुवित्त बैंकर्स संघका पूर्व अध्यक्ष बसन्त लम्सालले बताए ।

‘बाहिरबाट पैसा उठाउन नपाउने र बैंकहरू कर्जा दिन नसक्ने अवस्थामा पुगेपछि हामीहरू लगानी ठप्प गरेर बसेका छौं,’ उनले भने ‘बैंकहरू ऋण दिन सक्ने अवस्थामा छैनन् ।’ अहिले बैंकहरूले प्रतिवद्धता गरेको ओभर ड्राफ लोन समेत दिन नसकेको उनले बताए ।

माइक्रोफाइनान्सहरूलाई बैंकहरूले निश्चित ब्याजमा थोक कर्जा उपलब्ध गराउँछन् र सोही कर्जाबाट उनीहरूले कर्जा प्रवाह गर्ने हुन् । अहिले बैंकहरू आफै नै तरलताको ठूलो चापमा परेका छन् ।

निक्षेप खोज्न मालपोत कार्यालयदेखि सहकारी तथा ठूलो कोष राखेर बसेका गैर बैकिङ संस्थाहरूमा धाउन थालेका छन् । बैंकहरू आफै नै कर्जा दिन नसक्ने अवस्थामा पुगेका कारण माइक्रोफाइनान्स कर्जा दिन नसकेको हो ।

पुस लागेपछि निक्षेप संकलनमा केही उत्साह देखिएपनि त्यो निक्षेप बैंकहरूको लागि प्रर्याप्त होइन । राष्ट्र बैंकले प्रवाह गरेको पुनरकर्जाले केही राहत मिलेपनि अहिले बैंकका हरेक शाखामा पदाधिकारीहरू लोन खोज्नको लागि विभिन्न संघ संस्था धाउने गरेका छन् ।

वास्तवमै भन्ने हो अहिले बैंकहरू मुद्दती निक्षेपमा राखेको ठूलो रकम फिर्ता गर्न नसक्ने अवस्थामा पुगिसकेको नेपाल बैंकर्स संघले जनाएको छ ।

‘म्याचुयड भएको मुद्दती निक्षेप समेत फिर्ता गर्न सक्ने अवस्थामा बैकहरू छैनन्,’ संघले भन्यो ‘अहिले बैंकहरू साह्रै अप्ठ्यारो अवस्था छन् । राष्ट्र बैंकबाट लिन सक्ने सुविधा लिए पनि बैंकहरू सहज अवस्था आउन सकेका छैनन् ।

पुस लागेसँगै तरलता केही सहज हुने आशमा बसेका बैंकहरू बसेका थिए । यद्यपि बैंकहरूले सोचेजस्तो निक्षेप संकलन हुन सकेको छैन । नेपाल सरकारको निक्षेपका रुपमा मंसिर मसान्तसम्म नेपाल राष्ट्र बैंकको ढुकुटीमा २ खर्ब ९४ अर्ब ८९ करोड रुपैयाँ पैसा छ । जुन सरकारले खर्च गर्न नसेकेको पैसा हो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स