बैंक तथा वित्तीय संस्थाको संस्थापक सेयर दोस्रो बजारमा कारोबार गर्न पाउनुपर्छ: पवन गोल्यान

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ (सीबीफिन) का अध्यक्ष पवन गोल्यानले वित्तीय संस्थाको संस्थापक सेयर दोस्रो बजारमा कारोबार गर्न पाउनु पर्ने माग राखेका छन् ।

‘बैंक तथा वित्तीय संस्थाहरूका अप्ठ्यारा तथा चुनौतीहरू र सम्बोधनका लागि सुझावहरू, २०७८’ नामक अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै संस्थापक सेयरलाई पनि दोस्रो बजारमा सूचीकृत गराउनु पर्ने माग अध्यक्ष गोल्यानले राखेका हुन् ।

संस्थापक सेयर खरिद बिक्री गर्ने सम्बन्धमा धेरै अघिदेखि सिविफिनले आवाज उठाउँदै आएपनि अहिलेसम्म सुनुवाई नभएको उनले बताए । ‘निश्चित समयपछि संस्थापक सेयर पनि साधारण सेयरजस्तै खरिद बिक्री गर्न पाउनुपर्छ,’ उनले भने ‘यसका लागि बरु समय सीमा निर्धारण गर्न सकिन्छ ।’

सिविफिनले राष्ट्र बैंकलाई बुझाएको प्रतिवेदनमा पनि भनिएको छ ‘फिट एण्ड प्रपर टेस्ट का लागि आवश्यक प्रक्रिया तोकी संस्थापक सेयरलाई पनि साधारण सेयर जस्तै दोस्रो बजारमा सूचीकृत गरीखरिद बिक्री गर्न सक्ने व्यवस्था मिलाउनु पर्छ ।’
यसो गर्दा केही व्यक्ति वा समूह केन्द्रित जोखिम न्यूनीकरण भई विविधिकरण हुने र बजार पुँजीकरण मूल्य पनि यर्थापकर हुनेछ ।’

सिविफिनले नेपाल राष्ट्र बैंकलाई संस्थापक सेयर धितोमा राखेर कर्जा पाउने व्यवस्था गर्न सुझाव दिएको छ । १ प्रतिशत भन्दा बढी संस्थापक सेयर भएका सेयरधनीले समेत शतप्रतिशत सेयर धितोबन्धकमा राखी कर्जा लिन पाउने व्यवस्था हुनपर्ने माग राखेको हो ।

नेपाल राष्ट्र बैंकको ‘एकीकृत निर्देशन २०७७/०७८ नं. १० को बुँदा नं. १६ मा बैंक तथा वित्तीय संस्थाको चुक्ता पुँजीको १ प्रतिशतभन्दा बढी संस्थापक सेयर धारण गरेका संस्थापक/संस्थापक समूहका सेयरधनीहरूले आफूले धारण गरेको सेयरको ५० प्रतिशतसम्ममात्र कर्जा लिन पाउने व्यवस्था गरेको छ ।

सो व्यवस्था परिमार्जन गरी संस्थापक सेयरधनीले पनि शतप्रतिशत कर्जा लिन पाउने व्यवस्थाको माग गरेका हुन् ।
सो व्यवस्थाले व्यक्तिको आफ्नो सम्पतिको उपभोग गर्न पाउने मौलिक हक हनन् गरेको उनीहरूको भनाइ छ । साथै संस्थापक सेयर र साधारण सेयर मूल्यबीच भएको भिन्नताबाट प्रभावित सेयरधनीलाई समेत सहयोग पुग्ने दावी गरिएको छ ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स