१५० रुपैयाँमा बंगलादेश बैंकको संस्थापक सेयर खरिद गर्दै विनोद चौधरी

काठमाडौं । नेपाल बंगलादेश बैंकमा रहेको बंगलादेशी साझेदार आईएफआईसी ३ करोड ६८ लाख २७ हजार ४ सय २६ कित्ता संस्थापक सेयर चौधरी ग्रूपले आज खरिद गर्ने भएको छ ।

विभिन्न समूहसँगको लामो छलफलपछि ग्रूपका अध्यक्ष विनोद चौधरीका श्रीमती सारिका चौधरीको नाममा उक्त सेयर खरिद गर्न लागिएको हो । प्रतिकित्ता १ सय ५० रुपैयाँमा खरिद गर्ने सहमति भएको नबिल बैंकका एक सञ्चालकले बताए ।
एनबी बैंकका नेपाली लगानीकर्ताको सल्लाहमा आईएफआईसीले प्रतिकित्ता १ सय ५० रुपैयाँमा चौधरी गू्रपलाई एनबीको सेयर बिक्री गर्ने सम्झौता गत साता नै गरिसकेको छ ।

चौधरी गू्रपले बंगलादेश बैंकमा रहेको उक्त सेयर खरिद गरेसँगै यी दुई बैंकबीच मर्जर प्रक्रिया अघि बढ्ने निश्चित भएको छ ।
नबिल बैंकमा सबैभन्दा ठूला लगानीकर्ताका रुपमा चौधरी गू्रपले एनबी बैंकमा रहेको बंगलादेशी बैंक आईएफआईसीको सेयर खरिद गरेपछि आधिकारिक रुपमा मर्जरको प्रक्रिया अघि बढाउने तयारी भएको छ ।

आईएफआईसीको सेयर खरिद गरेपछि जतिसक्दो छिटो नबिल र एनबीबीच मर्जरको प्रारम्भिक सम्झौता गर्ने नबिल बैंक संवद्ध स्रोतले बताएको छ ।

‘एनबी बैंकमा रहेको बंगलादेशी साभलेदारको स्वामित्वको रहेको सेयर सारिका चौधरीको नाममा खरिद गर्ने सहमति भइसकेको छ,’ एनबी बैंक स्रोतले भन्यो ‘ सम्भवत शुक्रबार आधिकारिक रुपमा सेयर खरिद गरेको सूचना सार्वजनिक हुन सक्छ ।’
आईएफआईसीको स्वामित्वमा रहेको सेयर चौधरी गु्रपले खरिद गर्ने सहमति भएपछि नबिल बैंकको मर्जर कमिटीले सम्पत्ति तथा दायित्व मूल्यांकन डीडीए) को आवश्यक तयारी गरिसकेको छ ।

एनबी बैंकसँग मर्जरको लागि नबिल बैंकले सञ्चालक उदयकृष्ण उपाध्ययको संयोजकत्वमा मर्जर कमिटी समेत गठन गरिसकेको स्रोतले जानकारी दिएको छ ।

नबिल बैंकले गत आर्थिक वर्षको अन्त्यमै एनबी बैंकमा रहेको आईएफआईसीको ४०.८९ प्रतिशत सेयर बिक्री गर्ने तयारी गरेको थियो । सो सेयर खरिदका लागि एनबी बैंकले संस्थापकहरूका लागि बोलकबोल आह्वान समेत गरेको थियो ।

चौधरी गू्रपका अध्यक्ष विनोदकी श्रीमतीको नाममा आईएफआईसी सेयर खरिद गर्न लागेको विषयमा नेपाल राष्ट्र बैंकमा समेत जानकारी दुबै बैंकले गराइसकेका छन् ।

आईएफआईसीले सकभर बंगलादेश बैंकका सञ्चालकलाई नै सो सेयर खरिद गर्न प्रस्ताव राखेका थिए । तर, बैंकका अन्य संस्थापकहरुले आईएफआईसीको सेयर खरिदका लागि पैसा जुटाउन सकेनन् र बैंकभन्दा बाहिरका लगानीकर्तालाई सो सेयर खरिद गर्ने अवसर मिलेको हो ।

आईएफआईसीको सेयर श्रीमतीको नाममा किनेर बंगलादेश बैंकलाई नबिलमा गाभ्ने विनोद चौधरीको तयारी

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स