९१ ऋणीले लिए १२ अर्ब पुनरकर्जा, विशेष पुरनकर्जा लिने १५ कम्पनी

काठमाडौं । चालु आर्थिक वर्षको मंसिरमसान्तसम्म ९१ ऋणीले करिब १२ अर्ब रुपैयाँ पुनरकर्जा लिएका छन् । नेपाल राष्ट्र बैंक अनुसार हालसम्म ९१ ऋणीले ११ अर्ब ८४ करोड पुनरकर्जा लिएका छन् ।

जसमा १५ ऋणीले २ अर्ब ४५ करोड ७८ लाख विशेष पुनरकर्जा र ७६ ऋणीले ९ अर्ब ३८ करोड २६ लाख साधारण पुनरकर्जा लिएका छन् । विशेष पुनरकर्जा १० वटा बैंक तथा वित्तीय संस्था र साधारण पुनरकर्जा २७ वटा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको छ ।

हालसम्म स्वीकृत पुनरकर्जामध्ये आधाभन्दा बढी अर्थात् ६ अर्ब १५ करोड ३३ लाख रूपैयाँ पुनरकर्जा पर्यटन क्षेत्रमा गएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

पुनरकर्जा धेरै उपयोग गर्नेमा बागमती प्रदेशका ऋणी धेरै देखिएका छन् । बाग्मती प्रदेशमा ५ अर्ब ६६ करोड रूपैयाँ बराबरको गएको छ भने कर्णाली प्रदेशका व्यवसायीले पुनरकर्जाको सुविधा लिएका छैनन् ।

राष्ट्र बैंकले थप पुनरकर्जाको लागि कात्तिकको दोस्रो साता आवेदन खुलाएको थियो । राष्ट्र बैंकले कोरोनाको महामारीबाट प्रभावित उद्योगी व्यवसायीलाई एकमुष्ट रुपमा पुनरकर्जा उपलब्ध गराउँदै आएको छ। राष्ट्र बैंकले हालसम्म १ खर्ब ४० अर्ब रूपैयाँ पुनरकर्जा प्रवाह गरिसकेको छ ।

यी आवेदकले कात्तिक १४ गते देखि मंसिर १९ गतेसम्म आवेदन दिएका थिए ।

पुनरकर्जा कार्यविधि, २०७७ अनुसार कोभिडबाट अति प्रभावित तथा मध्यम प्रभावित क्षेत्रका व्यवसायीले यस्तो कर्जा माग गर्न पाउँछन् ।

व्यवसायीले आफूले कर्जा लिने बैंकमा गएर पुनरकर्जा माग गरेका थिए, जसअनुसार अतिप्रभावितले २० करोड र मध्यमप्रभावितले १० करोड रूपैयाँसम्म कर्जा पाएका हुन् ।

व्यवसायीले आफ्नो व्यवसायको पुँजीको बढीमा २५ प्रतिशत पुनर्कर्जा पाउने व्यवस्था राष्ट्र बैंकले गरेको थियो ।

पुनरकर्जा कार्यविधि अनुसार राष्ट्र बैंकले लघु, घरेलु तथा साना उद्यम व्यवसायीलाई २ प्रतिशत ब्याजमा पुनरकर्जा दिइन्छ भने विशेष पुनरकर्जा १ र साधारण पुनर्कर्जा ३ प्रतिशत ब्याजमा दिन्छ । बैंकले व्यवसायीबाट लघु, घरेलु तथा साना उद्यम व्यवसायीतर्फ ३ प्रतिशत र विशेष तथा साधारणातर्फ २ प्रतिशत थप लिन पाउँछन् जसअनुसार यस्तो पुनर्कर्जाको ब्याजदर क्रमशः ३, ३ र ५ प्रतिशत हुनेछ ।

 

 

 

[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2021/12/punarkarja.pdf” cache=”off”]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स