काठमाडौं । नबिल बैंकसँग मर्जर हुने चर्चा पुन चलेसँगै नेपाल बंगलादेश बैंकको सेयरमा लगानीकर्ताको आकर्षण बढेको देखिएको छ । नबिल बैंकसँग मर्जरको चर्चासँगै नेपाल बंगलादेश बैंकको सेयर मूल्य ९.०८ प्रतिशतले बढेको छ ।
आज (बुधबार) नेपाल बंगलादेशको सेयर मूल्य ३३.५ रुपैयाँ बढेर ४०२ रुपैयाँमा पुगेको छ । बैंकको सेयर १ हजार ९६९ पटकमा ५ लाख २५ हजार ९४४ कित्ता कारोबार भएको छ ।
नेपाल बंगलादेश बैंकको तुलनामा नबिल बैंकको सेयर मूल्य करिब ४ गुणा धेरै छ ।
नबिलसँग मर्जर हुँदा स्वाप रेसियो राम्रो पाउने आशमा लगानीकर्ताहरु नेपाल बंगलादेशको सेयरमा आकर्षित भएका हुन् ।