एनआईसी एशियाले समयसीमाभित्र एजीएम गर्न भ्याएन, बाँकी १२ बैंकको पुषमै

काठमाडौं । आर्थिक वर्ष सकिएको ६ महिना भित्र साधारणसभा सक्नु पर्ने व्यवस्था भएपनि एनआईसी एशियाले सो व्यवस्थाले गरेको समय सीमाभित्र साधारणसभा गर्न नभ्याउने भएको छ ।

आज पुस १३ गतेसम्म एनआईसी एशिया बैंकले एजीएमको लागि सूचना निकालेको छैन । एमजीएमभन्दा २१ दिन अगाडि सूचना निकाल्नु पर्ने व्यवस्थाका कारण अब एनआईसी एशियाले पुस महिनाभित्र साधारणसभा गर्न नभ्याउने भएको छ ।

हिमालयनले भने पुस १० गते साधारणसभाको सूचना निकालेको छ । बैंकले पुस ३० गते साधारणसभा गर्ने गरि सूचना निकालेको हो ।

१४ वटा बैंकले भने साधारणसभा सम्पन्न गरिसकेका छन् । बाँकी १२ वटा बैंकले पनि पुसभित्र नै साधारणसभा गर्दैछन् ।

एनआईसी एशियाले भने कम्पनी ऐनले तोकको समयसीमाभित्र साधारणसभा गर्न नभ्याउने भएको छ । एनआईसी एशिया बैंकको साधारणसभा लाभांशका कारण रोकिएको हो । बैंकले लाभांश स्वीकृतका लागि राष्ट्र बैंकमा पठाएको डकुमेन्टमा आवश्यक कागजात पूरा नभएकाले रोकिएको हो ।

पुसभित्र साधारणसभा गर्ने बैंकहरूमा नबिल बैंक, राष्ट्रिय वाणिज्य बैंक, हिमालयन बैंक, कृषि विकास बैंक, एनएमबि बैंक, सिद्धार्थ बैंक, प्रभु बैंक, नेपाल क्रेडिट एण्ड कमर्स बैंक, सनराईज बैंक, सेन्चुरी कमर्सियल बैंक, एसबिआई बैंक र सिभिल बैंक रहेका छन् ।

हालसम्म एभेरेष्ट बैंक, नेपाल बैंक, कुमारी बैंक, नेपाल बंगलादेश बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक , सिटिजन्स बैंक, बैंक अफ काठमाडौं , सानिमा बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, माछापुच्छ्रे बैंक, लक्ष्मी बैंक, प्राइम बैंक, मेगा बैंक र ग्लोबल आईएमइ बैंकले साधारणसभा सम्पन्न गरिसकेका छन् ।

पुष महिनाभित्र साधारणसभा सम्पन्न गर्ने बैंकहरूको लाभांश, बुकक्जोल मिति र साधारणसभा मितिहरूः

 

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स