सानिमा लाइफ इन्स्योरेन्सको आईपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले सर्वसाधरणको लागि सेयर भर्ने आज अन्तिम दिन हो । साउन २० गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (साउन २४ गते) अन्तिम दिन हो । कम्पनीले कुल जारी पुँजी २ अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता सेयर सो दिनदेखि बिक्री खुला गरेको थियो ।

सानिमा लाइफ इन्स्योरेन्स ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत अर्थात ३ लाख कित्ता नै सामुहिक लागनीकोषहरुलाई सुरक्षित गरी बाँकी ५४ लाख कित्ता शेयरमा सर्वसाधारणको लागि छुट्टाएको छ ।
कम्पनीको आईपीओमा लगानी गर्न इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ३० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । इच्छुक आवेदकले सि–आश्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोसेयरको वेब तथा एप मार्फत पनि आवेदन दिन सक्नेछन्।

पछिल्लो समय आइपीओमा आवेदन गर्नेको संख्या २१ लाख हराहरी पुगिसकेका छन् । यसकारण कम्पनीको सेयरमा पनि १० कित्ताको लागि मात्रै आवेदन गर्नु बुद्धिमानि हुने देखिन्छ ।

हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको छ । आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब करोड रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स