सातै प्रदेशमा सिद्धार्थ बैंकको रक्तदान कार्यक्रम

काठमाडौं । सिद्धार्थ बैंकले आफ्नो १९ औं वार्षिकोत्सवको उपलक्ष्यमा देशका विभिन्न स्थानहरूमा रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सातै प्रदेशका विभिन्न स्थानहरुमा आयोजना गरेको उक्त रक्तदान कार्यक्रममा बैंकका कर्मचारीहरुका साथसाथै स्थानीयवासीहरूको पनि उल्लेखनीय सहभागिता रहेको थियो ।

२०७८ साल पौष ८ गते बिहीबारदेखि २०७८ साल पौष १२ गते सोमबारसम्म सम्पन्न भएको उक्त रक्तदान कार्यक्रममा कुल ८५८ जनाको सहभागिता रहेको थियो जसमा ९४ महिला र ७६४ पुरुष रहेका थिए ।

अस्पतालहरूलाई जहिले पनि रगत आपूर्तिको ठूलो आवश्यकता रहेकोले बैंकले रक्तदान कार्यक्रम आयोजना गरेको हो ।
कोभिड १९ महामारीले गर्दा नेपाल मात्र होइन, विश्वभर नै रगत अभाव भएको हुनाले यस अभावलाई केही हदसम्म भए पनि कम गर्न र रगत ट्रान्सफ्युजनको आवश्यकता भएका मानिसहरूलाई सहयोग गर्ने उद्देश्य बैंकले देशका सातै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना गरेको जनाएको छ ।

बैंकले विभिन्न सामाजिक उत्तरदायित्व निर्वाह सम्बन्धी कार्यहरूमा सहभागिता जनाउँदै आएको र आगामी दिनहरूमा पनि यसलाई निरन्तरता दिँदै जाने उद्देश्य राखेकोे छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स