बङ्गलादेश बैंकको खुद नाफा बढेर २ अर्ब २९ करोड प्रतिशतले बढ्दा ईपीएस १० रुपैयाँ ८१ पैसाले बढ्यो

काठमाडौं । नेपाल बङ्गलादेश बैंकले २ अर्ब २९ करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ८४.१७ प्रतिशत बढी हो । अघिल्लो आवमा बैंकले १ अर्ब २४ करोड ४८ लाख रपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकको खुद ब्याज आम्दानी घटेपनि इम्पेरमेन्ट चार्ज रिभर्स हुँदा खुद नाफा बढेको हो । असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा १ अर्ब ४७ करोड ५२ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवका यस्तो नाफा ४४ करोड रुपेैयाँमात्र थियो ।

यो सञ्चालन मुनाफा ७४.६८ प्रतिशतले बढेको छ । सो अवधिसम्ममा बैंकको २७ करोड १५ लाख रुपैयाँ इम्पेरमेन्ट चार्ज रिभर्स भएको छ । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ७.५० प्रतिशत घटेको छ । तर, बैंकको नेट फि कमिशन आम्दानी ९.३६ प्रतिशत बढेको छ ।

खुद नाफासँगै बैंकको प्रतिसेयर आम्दानीमा पनि बढेको छ । बैंकको प्रतिसेयर आम्दानी समीक्षा अवधिमा १० रुपैयाँ ८१ पैसा बढेर २५ रुपैयाँ ४६ पैसा पुगेको छ । असार मसान्तसम्ममा बैंकको प्रतिसेयर नेटवर्थ १७० रुपैयाँ ६५ पैसा पुगेको छ ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी ५.९९ प्रतिशत बढेको छ भने जगेडा कोष ४०.४८ प्रतिशत बढेको छ । बैंकको निक्षेप ३१.४५ प्रतिशत र कर्जा १५.८६ प्रतिशत बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स