अब नबिल बैंकको स्मार्टबैंक एप खोलेर खल्तीमा पैसा लोड गर्न सकिने

काठमाडौं । नेपालको प्रचलित अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ‘खल्ती’ ले नबिल बैंकसँग सम्झौता गरेको छ । यस सम्झौता अनुसार नबिल बैंकका ग्राहकहरुलाई नबिल स्मार्ट बैंक (मोबाइल बैंकिङ एप) मार्फत् खल्तीमा पैसा लोड गर्न सक्नेछन् ।

यो साझेदारीसँगै नबिल बैंकका ग्राहकहरूले अब खल्ती वालेटमा बिना झन्झट सिधै बैंकको नबिल स्मार्टबैंक एप खोलेर खल्तीमा पैसा राख्न सक्नेछन् ।

नबिल बैंकसँगको पार्टनरसिपले समस्त बैंक तथा वालेटको ग्राहकवर्गमा सरल र सहज भुक्तानीको सेवा दिई डिजिटल नेपालका लागि अर्को एउटा कोसेढुंगा सावित हुने खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्का बताउँछन् ।

यस्तै नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले बैंकका ग्राहकहरुलाई डिजिटल भुक्तानी सेवा पुर्याउन खल्तीसँग सहकार्य गर्न पाउँदा खुशी व्यक्त गरे ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स