मुक्तिनाथ विकास बैंकको बैंकिङ वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । मुक्तिनाथ विकास बैंकले बैंकिङ सेवाको विस्तार र प्रोत्साहनका लागि वित्तीय साक्षरता अभियान अन्तरर्गत लुम्बिनी प्रदेशको विभिन्न स्थानहरुमा बैंकिङ वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

यस पुस महिनामा बैंकले कोटीहवास्थित पशुपती स्कूल र कलेजमा वित्तीय साक्षरता कार्यक्रम गरेको थियो । सो कार्यक्रममा स्कूल र कलेजका विद्यार्थीहरु तथा शिक्षकहरुको सहभागीता रहेको थियो ।

त्यसैगरी बैंकले सुन्वाल–११, जारगहस्थित नेपाल प्रहरी युक्ति ट्रेनिङ्ग सेन्टरमा पनि वित्तीय साक्षरता कार्यक्रम गरेको थियो ।

उक्त कार्यत्रमहरुमा बैंकिङ सेवा सुविधा , डिजिटल बैंकिङ प्रविधि , बचत खाता लगायत बैैंकिङ क्षेत्रका विविध आयामबारे जानकारी गराइएको थियो ।

बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको कार्ड प्रयोग गरी नेपालभरी रहेको भिष नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटिएमबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स