कामना सेवा विकास बैंकले यहि पुस ९ र १० गते फुटसल कप आयोजना गर्ने

काठमाडौं । ‘स्वस्थ्य शरीर स्वस्थ्य मस्तिष्क’ भन्ने उदेश्यका साथ कामना सेवा विकास बैंकले यहि पुस ९ र १० गते फुटसल कप आयोजना गर्ने भएको छ । बैंकले फुटसल प्रतियोगितामा विभिन्न बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरु समेत गरी २४ वटा टिम सहभागी हुनेगरि फुटसल कप आयोजना गर्न लागेको हो ।

बैंककोे केन्द्रीय कार्यालय ज्ञानेश्वरमा आयोजित पत्रकार सम्मेलन मार्फत सहभागी टिमहरुको घोषणा गर्नुका साथै खेलतालिकाको बारेमा समेत जानकारी गराइएको थियो ।

पौष १० गते हुने नकआउट चरणका खेलहरुको खेलपाटी डट कम सहित विभिन्न डिजिटल माध्यमबाट प्रत्यक्ष प्रशारण गरिने बैंकले जनाएको छ । उक्त खेलको लागि गोला प्रक्रियाद्वारा समूह विभाजन गरिएको थियो ।

बैंकका अध्यक्ष सुदिप आचार्यको अध्यक्षतामा सम्पन्न उक्त पत्रकार सम्मेलनमा बैंकका सञ्चालक विश्वेश्वर सुवेदी र सिता घिमिरे, नि। प्रमुख कार्यकारी अधिकृत हरि प्रसाद लम्साल, एन्फा फुटबल कमिटिका प्रतिनिधि, खेलमा सहभागी संस्थाहरुका प्रतिनिधिहरु तथा बैंकका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स