नबिल बैंक र खल्तीबीच मोबाईल भुक्तानी सम्बन्धी सम्झौता

काठमाडौं । नबिल बैंक र खल्ती डिजिटल वालेटबीच मोबाईल भुक्तानी सम्बन्धी सम्झौता भएको छ ।

यस सम्झौता अनुसार बैंकका ग्राहकले नबिल स्मार्ट बैंक (मोबाईल बैंकिङ) सेवा प्रयोग गरी आफ्नो खल्ती वालेट लोड गर्न सक्नेछन । त्यस्तै गरी नबिल बैंकका ग्राहकहरूले अब खल्तीको प्लेटफर्ममा उपलब्ध कुनै पनि प्रकारको डिजिटल भुक्तानीहरू गर्न सक्नेछन ।

खल्ती डिजिटल वालेटले बिल भुक्तानी जस्तै मोबाइल र टिभी रिचार्ज, Ïलाईट तथा मुभी टिकट बुकिङ, बिमा प्रिमियम तथा अनलाईन सपिङ्ग साईटमा भुक्तानी जस्ता ६० हजारभन्दा बढी सेवाहरुको डिजिटल भुक्तानीको सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स