३ वर्षदेखि नबिल सर्वाधिक लाभांश दिने कम्पनी, ५ वर्ष अघि स्ट्याण्डर्ड चाटर्ड नम्बर १

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्स)मा सूचीकृत २६ वटै वाणिज्य बैंकहरुले लाभांश घोषणा गरिसकेका छन् । बैंकहरुले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश घोषणा गरेका हुन् । केही बैंकले साधारण सभामार्फत् सेयरधनीहरुलाई लाभांश वितरण गरिसकेका छन् भने केहीको साधारण सभाबाट प्रस्तावित लाभांश पारित हुनेछ ।

विगत तीन वर्षदेखि नबिल बैंक सेयरधनीहरुलाई सर्वाधिक लाभांश दिने बैंक बन्न सफल भइरहेको छ ।

गत आर्थिक वर्षको नाफाबाट नबिल बैंकले आफ्ना सेयरधनीहरुलाई सर्वाधिक लाभांश वितरण गरेको छ । बैंकले ३८ प्रतिशत लाभांश घोषणा गरेको छ । जसमा ३३.६ प्रतिशत बोनस सेयर र ४.४ प्रतिशत नगद लाभांश रहेको छ ।

गत आवको नाफाबाट सबैभन्दा कम लाभांश दिनेमा सिभिल बैंक रहेको छ । बैंकले ५.२६ प्रतिशत लाभांश घोषणा गरेको छ । जसमा ५ प्रतिशत बोनस सेयर र ०.२६ प्रतिशत नगद लाभांश रहेको छ ।

आर्थिक वर्ष २०७६/७७ मा पनि ३५.२६ प्रतिशत लाभांश सहित नबिल बैंक शीर्ष स्थानमा थियो । जसमा ३३.५ प्रतिशत बोनस सेयर र १.७६ प्रतिशत नगद लाभांश रहेको थियो ।

आर्थिक वर्ष २०७५/७६ मा पनि ३४ प्रतिशत लाभांश सहित सेयरधनीहरुलाई सर्वाधिक लाभांश दिनेमा पहिलो नम्बरमा रहेको थियो । उक्त वर्ष बैंकले १२ प्रतिशत बोनस सेयर र २२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

आर्थिक वर्ष २०७४/७५ मा ४० प्रतिशत लाभांश सहित नेपाल इन्भेष्टमेन्ट बैंक पहिलो स्थानमा रहेको थियो । उक्त वर्ष बैंकले १८ प्रतिशत बोनस सेयर र २२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

आर्थिक वर्ष २०७३/७४ मा स्ट्याण्डर्ड चाटर्ड बैंकले सेयरधनीहरुलाई १०५.२६ प्रतिशत लाभांश दिएको थियो । उक्त वर्ष बैंकले १०० प्रतिशत बोनस र ५.२६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

विगत वर्षको बैंकहरुको लाभांश

[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2021/12/o34-converted.pdf” cache=”off”]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स